सिगास बिकास का लागि ने क पा सदैव उत्तरदायीः नेता धामी

जनक सिंह धामी ( नेपाल कम्युनिष्ट पार्टी वडा कमिटी )संयोजक / अध्यक्ष (सिगास ) चौखाम

सुन्दर सुदुरपश्चिम बिबिध अनुपम बहुमुल्य प्राकृतिक पर्यटकीय स्थलहरू को संग्रह को स्थान सुदुरपश्चिम कै सुन्दर जिल्ला तथा सुदुरपश्चिम कै मुटु मानिने जिल्ला (बैतडि , एेतिहासिक, धार्मिक, सास्कृतिक, पर्यटकीय, स्थलहरू लगायत यहाको भेषभुषा, चालचलन, रितिथिति, मुल्य मान्यता, संस्कृति र संस्कार, पर्व, सँगित( देउडा, फाग ,धुमारि चैत्य परम्परा, सोच दृष्टिकोण, जिवनशैली जस्ता विविध प्रकारका पक्षले संग्रहित बैतडि र बैतडी को विकासोन्मुख क्षेत्र सिगास गाउँपालिका मा प्राकृतिक पर्यटकीय श्रोत साधन को ब्यापकता देखिन्छ। तर स्थानीय काङ्ग्रेस को सरकार ले यसको समुचित प्रयोग र उत्पादन गर्न भने सकेन।

तर संघीय संरचना अनुसार देश मा संघियता लागु भए पश्चात सिगास गा पा स्थानीय सरकार ले अपेक्षित काम गर्न सकेको छैन । कार्यक्रम तथा योजना हरु कार्यकर्ता मुखि मात्र भए जनता ले गाउँमै सिंहदरबार को प्रत्याभूत गर्न पाएनन् ।

सिगास बिकास र उत्थान का लागि सिगास मा नेपाल कम्युनिष्ट पार्टी को सरकार बन्न आवश्यक छ। बिगत को चुनाब मा बिबिध कारणबस ने क पा ले हार बेहोर्न बाध्य भयो तर ने क पा ले सिगास का लागि प्रदेश सरकार र केन्द्र सरकार संग समन्वय गर्दै सिगास र सिगास बादि का लागि बिबिध कार्यक्रम तथा योजना हरु सन्चालन गरेको छ। जुन सरकार भन्दा बाहिर र केवल सिगास बिकास र जनस्तर उकास्न का निमित्त ।

ने क पा सिगास र सिगासबासि प्रति सदैव उत्तरदायी रहेको र सिगास बिकास का लागि ने क पा बाहेक अन्य विकल्प नै छैन। सिगास का उपलब्ध‌ प्राकृतिक स्रोत साधनको प्रयोग गरेर बन संरक्षण, पशुपालन, कृषि आधुनिकिकरण मा जोड , सडक सञ्जाल को पहुच,सन्चार जगतमा समन्वय, बिकास मा नया फड्को मार्न ने क पा ले बिबिध योजना तर्जुमा तथा कार्यक्रम गरिरहेको छ र गर्दै जाने छ।

‌सिगास बिकास का लागि प्रदेश सरकार संग समन्वय गर्दै सिगास का सम्भावित पक्षमा बिकास का लागि पहल तथा शिक्षा स्वास्थ्य र सडक को पक्षमा पहल गरिरहेका छौ प्रदेश सरकार पनि यस बिषय मा सकरात्मक र लागि परेको छ।

सिगास वडा नं ९ को सन्दर्भमा बिगत मा स्वास्थ्य शिक्षा खानेपानी बाटोघाटो को निकै समस्या थियो तर हामिले र हाम्रो पार्टी ले सिगास चौखाम का लागि त्यति बेला जिल्ला संग समन्वय गरेर जिल्ला कै बिकट ठाउँ र यहा खानेपानी शिक्षा स्वास्थ्य बाटोघाटो को अवस्था गम्भीर छ भन्ने माग सारेर म लगायत को टोलिले खानेपानी का हक मा गाउघरमा घरघर मा धारा अभियान सञ्चालन गर्यौ त्यसपछि ब्रथिङ सेन्टर हरु निर्माण गर्यौ सामुदायिक बिध्यालय हरुको गुणस्तर सुधार का लागि पहल गर्यौं बाटोघाटो नभएको ठाउँमा घोरेटो बाटो निर्माण कार्य गर्यौ अहिले यहाका जनताले पिउने पानि र स्वास्थ्य सेवा सर्वसुलभ तरिकाले पाइरहेका छन्।

तत्कालीन प्रदेश सरकार वाट पनि नदि वार पार का लागि पुल , कृषि कार्यक्रम हरु र माननिय दामोदर भण्डारी ज्यु को संसद बिकास कोष बाट चडेपानि सिचाइ परियोजना चेखाम मा सम्पन्न भएका छन । भविष्यमा पनि यस्तै बिकास र निकास खोज्न ने क पा सदैव तत्पर रहेको प्रष्ट पार्न चाहान्छु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here