नबिल बैंक र टेस्ला डाईगोनोस्टिक क्लिनिक विच बिशेष सम्झौता पत्रमा हस्ताक्षर

टेस्ला डाईगोनोस्टिक र नबिल बैंक बीच सहकार्य गर्ने बिषयमा २०७६ फागुन २३ सम्झौता भएको छ । सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक , कर्मचारी र कर्मचारी निकट परिवार ले क्लिनिकका बिबिध सेवामा बिशेष सहुलियत प्राप्त गर्ने भएका छन् । बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंक तर्फ प्रमुख – कार्ड शाखा श्री सन्त पौडेलले हस्ताक्षर गरेका छन् ।
सम्झौता संगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा बिशेष सहुलियत प्राप्त गर्नेछन भने यस बाहेक बैंकको स्वास्थ्य सचेतनामा क्लिनिकले सहकार्य गर्ने भएको छ । बालुवाटारमा अवस्थित क्लिनिक मा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ क्षेत्र उदारानिय सेवा परिस्कृत गर्ने उद्धेश्यले स्थापित क्लिनिकले देशको ठुलो जनसंख्या समेटेको नबिल बैंक संग सहकार्य गरेको हो ।
नबिल बैंकले ११८ वटा शाखाहरु, १७६ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्व भर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।

LEAVE A REPLY