एकै पटक कृषि मन्त्रालयका १६ कर्मचारीले रोजे स्वेच्छिक अवकाशको बाटो (सूचीसहित)

एकातिर बल्ल तल्ल टाल्यो,अर्कोतिर उस्तै भ्वाङ । सरकारले बल्ल तल्ल कर्मचारी समायोजन टुग्यायो । तर ती कर्मचारीहरु नै सानो कानुनी छिद्रको फाइदा उठाएर कर्मचारीहरु धमाधम राजीनामा ठोकेर हिड्न थालेसँगै अर्को टाउको दुखाई शुरु भएको छ । कानुनी छिद्रको फाइदा उठाउँदै संघबाट एक तह बढुवा भएर प्रदेश तथा स्थानीय तहमा खटिएका कर्मचारीहरुले धमाधम राजीनामा ठोकेर हिड्न थालेका हुन् । बाग्मती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठका अनुसार प्रदेशमा खटिएका एक सय बढी कर्मचारीहरुले यो बीचमा राजीनामा धस्काएर घर हिडिसकेका छन् । हिजो कर्मचारी समायोजन गरिँदा ऐनमै घु्साँइयो कि माथिबाट तल प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीहरुको एक तह बढुवा गरिने बुँदा । तल खटिँदा ती कर्मचारीका लागि ग्रेड वृद्धिदेखि तहगत बढुवाको सुविधा दिने समेत व्यवस्था थियो । सङ्घबाट प्रदेशमा खटिदा कर्मचारी दुई तहसम्म बढुवा भएका थिए । यसरी बढुवा भएका कर्मचारीहरुले राजीनामा दिँदा उपदान रकम स्वत बढ्ने भयो । त्यही कानुनी छिद्रको प्रयोग गरी संघबाट प्रदेश र स्थानीय तहमा खटिने र राजीनामा दिने प्रचलन बढ्न थालेको हो । बाग्मती प्रदेशका मुख्यसचिव तोयम रायका अनुसार यसरी राजीनामा दिएर हिड्नेमा अधिकृत तहका कर्मचारीहरु बढी छन् । ८० प्रतिशतभन्दा बढी अफिसरहरुले पदबाट राजीनामा ठोकेर हिडेका छन् । बाग्मती प्रदेशका कृषि मन्त्रालयका मात्र यो बीचमा दर्जनभन्दा बढी कर्मचारीहरुले राजीनामा दिइसकेका छन् । यसरी स्वेच्छिक अवकाश रोज्नेमा अधिकांश अधिकृत तहका कर्मचारीहरु देखिएका छन् ।

Image result for भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ३

बाग्मति प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खटिएका १६ कर्मचारीहरुले यो बीचमा स्वेच्छिक अवकाशको बाटो रोजेका छन् । जसमध्ये ११ कर्मचारी अधिकृत तहका छन् । अधिकृत दशौं तहका १ ,आठौं तहका ४,सातौ तहका १ अर छैंटो तहका ५ कर्मचारीले स्वेच्छिक अवकाशको बाटो रोजेका छन् । यस्तै बाँकी कार्यालय सहयोगी पाँचौ तह र साहायक पाचौं तहका कर्मचारी छन्

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here