ग्रील तथा स्टील व्यवसायी खुसिबु इकाई समितिको साधरणसभा सम्पन्न

२० लाख लागतमा ठड्यायो आफ्नै भवन

ग्रील तथा स्टील व्यवसायी काठमाडौ खुशिबु इकाइ समितिका व्यवसायीहरु मिलेर करिब २० लाखद लागतमा आफ्नै भवन उभ्याएका छन् ।

शनिवार एक कार्यक्रमका बीच सो नवनिर्मित भवनको उद्घाटनका साथैं साधारण सभा कार्यक्रमको समुद्धघाटन गर्दै महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवाल सरकारको स्पष्ट नीतिको अभावमा ग्रील उद्यमीहरुसरकारले घोषणा गरेको सामाजिक सुरक्षाकोषमा सहभागी बन्न अप्ठ्यारो परेको बताए ।

कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष श्री ठुलोबाबु श्रेष्ठले इकाइ समितिहरुलाई सक्षम र आत्मनिर्भर बनाउन खुशिबु इकाइ समितिका व्यवसायिहरु मिलेर करिब २० लाखको लागतमा भवन बनाइएको जानकारी दिए।

 

टोकेनन्द्र गधराजको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा सभापतिको आसनबाट बोल्दै गधराजले अबैध रुपमा सन्चालित ग्रील उध्योग र घरघरमा गएर काम गर्ने प्रबृतिले बैध रुपले सन्चालित ग्रील उध्योगहरु संकटमा परेको हुँदा सबै व्यवसायिलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए। कार्यक्रममा भवन निमार्ण गर्न आर्थिक सहयोग गर्नुहुने दाताहरुलाई केन्द्रीय अध्यक्ष कटुवालले खादा र प्रमाण पत्रले सम्मान गरेका थिए ।

LEAVE A REPLY