“म पार्टीलाई कुनै हालतमा विभाजन हुन दिन्न”

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेता तहमै विवाद देखिएका बेला आज (बिहीबार) उनै शीर्ष नेताहरु एउटै मञ्चमा देखिएका छन् । बागमती प्रदेशस्तरीय भेलामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल एउटै मञ्चमा उपस्थित भए ।

पछिल्लो समय देखिएको नेकपा नेताहरुबीचको राजनीतिक तरङ्गले कतै पार्टी विभाजनको शुरुवात भएको त होइन भन्ने आशंका पैदा गराइरहेका बेला नेकपाका शीर्ष नेता एकै मञ्चमा देखिएका हुन् । प्रशिक्षणलाई सम्बोधन गर्दै नेता नेपालले मिडियामा आएका खबरहरु हेरेर निरास नहुन सबै पार्टी नेता र कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । उनले भने, ‘राजनीतिमा उतार–चढाव आउँछन्, आतिनु पर्दैन । म पार्टीलाई कुनै अवस्थामा पनि विभाजन हुन दिन्न ।’
पछिल्लो राजनीतिक घटनाक्रमले कतै नेकपा विभाजनतिर त गइरहेको छैन भन्ने जनमानसमा संशय पैदा भएको बताउँदै नेता नेपालले भने, ‘पार्टी एकतावद्ध भएको सन्देश दिन नै शीर्ष नेताहरु एउटै मञ्चमा उपस्थित भएका हौं ।’ नेता ईश्वर पोखरेलले पनि माथिको विवाद माथि नै मिलाउने बताउँदै सानातिना उतार बढावबाट नआत्तिन आग्रह नेता–कार्यकर्तालाई आग्रह गरे ।

LEAVE A REPLY