सिता पौडयलको चिन्ता : कालिकालाई कसरी समृद्ध गाउँपालिका बनाउने ?

सीता पौड्यल (अधिकारी) अध्यक्ष,कालिका गाउँपालिका, रसुवा

हिजोको दिनमा चुलोचौका सीमित महिलाहरु राजनीतिक र प्रशासनिक क्षेत्रको नेतृत्व गर्ने ठाउँमा पुगिरहेका छन् । स्थानीय तहको निर्वाचनमार्फत देशभरका सात सय ४४ स्थानीय तहमा १४ हजार ३ सय ८ महिला जनप्रतिनिधि विजयी भएर हाल आआफ्ना तहमा कार्यरत छन् । । निर्वाचन आयोगको तथ्यांकअनुसार जनप्रतिनिधिमध्ये सातजना महिला नगर प्रमुख पदमा विजयी भएका छन् भने दुई सय ७६ जना उपप्रमुख छन ्। त्यसैगरी गाउँपालिका अध्यक्षमा ११ जना महिला विजयी भएका थिए । जसमध्ये एक हुन् सीता पौड्याल अधिकारी । उनी रसुवा जिल्लाको कालिका गाउँपालिकाको अध्यक्षको रुपमा क्रियाशिल छिन् । जीवनका ११ बर्ष शिक्षण पेशामा रमाएर,रोजगारीका लागि ५ बर्षसम्म इजरायल पुगेर आफ्नै जन्मभूमि फर्किएलगतै उनी स्थानीय तहको निर्वाचनमा होमिइन् । र विजय हासिल पनि गरिन् । उनका आफन्तहरु अहिले पनि अष्ट्रेलियामा छन् । त्यहाँको वैभवले उनको मन रमेन् । त्यो सुख सयल र सुबिधा त्यागेर उनी आफ्नै गाउँ ठाउँका जनताका सुख दुखको सारथी बन्न आइपुगिन् उनी ।

० स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष व्यतित भइसक्यो । यो अवधिमा देखिने गरी भएका बिकासका कामहरु के के हुन् ?
यो क्षेत्रमा हामी विल्कुलै नौला थियौं । स्थानीय तहको अभ्यास पनि हाम्रा लागि नौलो थियो । त्यही कारण शुरुका केही समय सिक्नमै व्यतित भयो । दोश्रो पाटो ०७२ सालको महाभुकम्पका कारण रसुवा प्रभावित बन्यो । त्यही कारण पुनर्निमाणकै काममा लामो समय जुट्यौं । पुननिमार्णमा नै पहिलो पालिका बन्यो कालिका । आफ्नै भवन र वडा भवनहरुको निर्माण सम्पन्न भयो । विकास निर्माणसँग जनता प्रत्यक्ष जोडिने भनेकै सडक सञ्जाल हुन् । सडक निर्माणका काम तिव्रगतिमा भए । गाँउ बस्तीमा खानेपानी पुर्यायौं । स्वास्थ्य । शिक्षाको क्षेत्रमा केही सुधारका कामहरु अघि बढायौं । फोहोर व्यवस्थापन शहरमा मात्र होइन ग्रामीण भेगका लागि समेत टाउको दुखाईको बिषय बन्न थालेको छ । आफ्नो गाउँ र ठाउँ आफैंले सफा राख्ने हो । त्यही कारण फोहोरमैला व्यवस्थापनका लागि गाडी खरिद गर्यौं । जनतासँग दैनिक जोडिने स्वास्थ्यका कुरा हुन् । त्यही कारण हामीले आफ्नै स्रोत साधनबाट एम्बुलेन्स खरिद गर्यौं । गाउँपालिकाभित्रका जेष्ठ नागरिक र बृद्धबृद्धाहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण सेवा उपलव्ध गराउँदै आएका छौं । । यस्ता सुधारका कामहरु धेरै भएका छन् । यो दुई बर्षको अवधिमा ।
० प्राथमिकताको सूचीमा राखिएका कामहरुचाहिँ के के हुन ?
भौतिक पूर्वाधारको विकास । हामीले पहिलो र प्राथमिकतामा राखेका काम हो । देशको विकासको लागि पूर्वाधारको आवश्यक छ । त्यही कारण हामीले विशेष जोठड नै पूर्वाधारको विकासमा दिएका छौं ।
० स्थानीय तहका कर ज्यादा भएको गुनासो सुनिँदैछ । करको दर र दायरा घटाउने योजना के के छन् ?
हाम्रो छोरा, छोरी वा सन्तान,आफन्त बिदेशमा छन् । उनीहरुले काम गरेको घण्टाको आधारमा नै कर तिर्नु पर्ने हुन्छ । दैनिक कर तिर्नुपर्ने हुन्छ विदेशतिर । तर हामी यहाँ बार्षिक रुपमा कर तिर्न पनि आनाकानी गर्छौ ? त्यो पनि हाम्रो देशमा करको दर ज्यादै न्यून छ । देशको मुहार फेरिने भनेकै र विकास गर्ने भनेकै करबाट हो । कर उठाउन सकेका मात्र देश विकास हुने हो । कर तिर्न पनि गाह्रो मान्ने अनि देश विकास भएन सामाजिक सञ्जालमा रोइलो मच्चाउनु राम्रो भएन् । यस्तो प्रवृत्ति हामीले छाड्नुपर्दछ । करको दर बरु कम गर्ने तर करको दायरा बढाउन सके अझै राम्रो हुन्थ्यो होला ।


० कतिपय स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच एकले अर्कालाई नटेर्ने परिपाटी चलिरहँदा त्यहाँचाहिँ दुईबीच कस्तो सम्बन्ध छ ?
लामो समयसम्म जनप्रतिनिधी थिएनन् । कर्मचारीकै भरमा स्थानीय तह चलिरहेको अबस्था थियो । अहिले जनप्रतिनिधिहरुले गाइड गरिरहनुभएको छ । तर कर्मचारीहरु पूरानै ढर्राबाट चल्न खोज्नुहुन्छ । त्यस्तो हुँदा समस्या निस्कन्छ । सुनिन्छ अन्य स्थानीय तहहरुमा जनप्रतिनिधि र कर्मचारीहरुबीच बेमेलका खबर । तर हाम्रो पालिकामा अन्यन्त्रको जस्तो अवस्था छैन् ।
० भन्नलाई गाउँ गाउँमा सिंहदरबार भनिदैंछ । तर जनताले यस्को प्रत्याभु्त गर्न पाएनन् भन्ने गुनासो पनि सँगै उठ्दैछ । यसबारेमा के भन्नुहुन्छ ?
कालिका गाउँपालिकाभित्रका केहि जनताले गाउँ गाउँमा सिंहदरबारको प्रत्याभुत गर्न पाएनन् होला । तर,उहाँहरुलाई यस्को प्रत्याभुत हुने गरी हामी सेवा दिन हर पल हर क्षण खटिरहेका छौं । शिक्षाका लागि प्रत्यक जनताका घर दैलोमा पुगेका छौं । निशुल्क शिक्षा हुदाँ पनि किन स्कूल पठाउनु भएन भनेर ? सोधीखोजी गरेका छौं । शिक्षाको पारिलो घामबाट कुनै बच्चा बञ्चित नहुन भनेर हरेक जनताका घरमा पुगेका छौं । सम्झाएका छौं,बुझाएका छौं । स्वास्थको सबालमा पनि हामी संवेदनशील छौं । हिजो सिटामोल नपाएर जनता मर्ने अवस्था थियो । आज ७२ प्रकारका औषधिहरु ग्रामीण अस्पतलाबाट वितरण गरेका छौं । कृषकहरुले अनुदान पाएका छन् । कृषक दाजुभाई दिदी बहिनीका लागि आवश्यक पर्ने सेवा सुविधा उहाँहरुकै घर दैलोमै पुर्याएका छौं । आज हरेक काम स्थानीय तहमा नै सम्पन्न हुन्छ । सानो कामको लागि केन्द्र नै धाउनु पर्ने बाध्यता हटेको छ । कुनै पनि जनता सेवा सुविधामा वञ्चित भएका छैनन् ।
० समायोजन भएर स्थानीय तहमा खटाइएका कर्मचारी कतै हाजिर गर्न नदिइएको त कतै कर्मचारी नपुगेको गुनासो सुनिन्छ । त्यहाँको अवस्था के हो ?
हाम्रो गाउँपालिकामा यस्तो अबस्था छैन् । मन्त्रालयबाट खटाइएको कर्मचारीलाई त्यसरी हाजिर गर्न नदिने भन्ने हुँदैन् । त्यो हाम्रो सामथ्र्य पनि छैन् । खटिएर आउनुभएका कर्मचारीलाई फूल माला लगाएर स्वागत गछौं । उहाँहरुसँग मिलेर काम गर्छौ । किनकी कर्मचरी र जनप्रतिनिधि भनेका एक रथका दुई पाग्रा हुन् । र आफ्नो कार्यकाल पूरा गरेर सरुवा वा बढूवा भएर अन्यन्त्र जाने कर्मचारीहरुलाई फूल माला लगाएर बिदाई गर्छाै ।
० .राजनीतिक विवादका कारण कुनै योजना अड्केका छ वा छैन् ?
स्याउबारी हाम्रै गाउँपालिकाभित्र अवस्थित छ । यो ठाउँलाई हामी पर्यटकीय नगरी बनाउन चाहन्छौं । र हामीले स्याउबारीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खोजिरहेका छौ । त्यहाँ बृक्षारोपण गर्नेदेखि अरु कामहरु छन् । तर बाधक बनेर उभिदिएको छ लाङटाङ राष्ट्रिय निकुञ्जको नियम । लारानीले के ? किन ? जस्ता प्रश्न गरेर हाम्रो योजनामा भाँजो हालिरहेको छ । रोक लगाइरहेको छ । हामीले विभिन्न निकायबाट बजेट पनि पाएका छौ । तर निकुञ्जको नियम,कानुनले रोक लगाएको छ ।

LEAVE A REPLY