चप्पल लगाएर आएकाहरुको महल कसरी बन्यो ?, छानबिन गरौं : बाबुराम

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई सम्झँदै अकबर बीरबलको कथा सुनाएका छन् ।

बुधबार संसद बैठकमा विशेष समय लिएर बोल्नै भट्टराईले प्रिन्टिङ प्रेस प्रकरणसँग जोडेर उक्त कथा सुनाएका हुन् । अकबर राजाले आफ्नो जुँगा तान्नेलाई के सजायँ दिने भनेर सोध्दा अरु गम्भीर सजायहरु सिफारिस गरिरहँदा बीरबलले मुसुमुसु हाँस्दै मिठाई खुवाउने पर्ने सुझाएको प्रसंग उनले सुनाए । ‘बीरबलको जवाफ थियो तपाईंको जुंगा तान्न तपाईंकै काखमा बसेको नातिले बाहेक कसले सक्छ ? उसलाई त मिठाई नै खुवाउनुपर्छ नि ।’ बीरबलको जवाफ सम्झाउँदै उनले भने ।

उनले सरकारको दुईवर्षे कार्यकाल ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो भएको टिप्पणी गरे । ‘सरकारको दुई वर्षको कार्यकाल ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो भन्ने टिप्पणी भुइँ तहका जनताबाट मैले सुनिरहेको छु,’ उनले भने, ‘कतिपय मानिसहरूले यो दुई वर्ष खेर गएका वर्ष भनेर भनेका छन् । विषयमा छुट्टै छलफल होस् ।’

उनले मातातीर्थ र ललिलतानिवास जग्गा प्रकरण फरक मुद्दा भएको भन्दै आफ्नो सरकारको पालामा नीतिगत र विधिसम्मत ढंगले मातातीर्थको जग्गा वितरण भएको दावी गरे । उनले राजनीतिक र कानुनी रुपमै आफूले निर्णय गरेर उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको प्रष्टीकरण दिए ।

उनले सबै शीर्ष तहका नेताहरुको सम्पत्ति छानविनको माग समेत गरे । भट्टराईले चप्पल लगाएर काठमाडौं आएर अहिले महलमा बस्‍ने र सुटेडबुटेड हुने आफूलगायतको सम्पत्ती छानबिन गर्न प्रस्ताव गरेका छन् । उनले भने, “मलगायत सबैको सम्पत्ति छानबिन गरौं । हिजो हामी त साथीहरूले दिएको एक जोडी लुगा, चप्पल लगाएर हिड्थ्यौं। अहिले हामी कसरी सुटेडबुटेड भएका छौं। कसरी चिल्ला कार चढेर हिडेका छौं।”
उनले जसरी हिसाब गर्दा पनि बाहिर देखिने सम्पत्तिले मात्रै नेताले काठमाडौंमा महल ठड्याउन नसक्ने पनि बताए । ०५२ सालमा युद्ध सुरु गर्दा नै पूर्वप्रधानमन्त्री र प्रधानन्यायाधीशको सम्पत्ती छानविनको पक्षमा आफूहरु रहेको भन्दै उनले यस्तो बताएका हुन् ।

सरकारको दुई वर्ष जनताका लाग कागलाई बेल पाक्यो हर्ष न विष्मात भएको पनि बताए ।

LEAVE A REPLY