७६ हजार ९ सय ६५ रुपैयाँ सहित ६ जुवाडे पक्राउ

पर्वतको कुश्मा नगरपालिका ६,शिवालय चोकबाट नगद ७६ हजार ९ सय ६५ रुपैयाँ र तास सहित ६ जना पक्राउ गरीएको छ । उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कुश्मा नगरपालिका ४ का २७ वर्षीय पवन गुरुङ, ४० वर्षीया सुनकुमारी गुरुङ, सोही नगरपालिका ९ का ५५ वर्षीय गोविन्द अधिकारी, वडा ५ का ४८ वर्षीया कुशा गुरुङ, वडा ६ का ५५ वर्षीय धर्मराज गुरुङ र ३७ वर्षीया शान्ति गुरुङ रहेका छन् ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY