कसले बाजी मार्ला ? यस्ता छन् राष्ट्र बैंकको गभर्नरका आकांक्षीहरु !

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको ५ वर्षे कार्यकाल आउँदो ६ चैतमा पूरा हुंदै छ । कार्यकाल सकिनु एक महिनाअगावै बिदा लिएर बस्न सक्ने प्रावधान भए पनि गभर्नर नेपाल बिदामा बसेका छैनन् । नयाँ गभर्नरका लागि सिफारिस नभएकोले उनी बिदा बसेका छैनन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा गभर्नर नियुक्ति लागि एक सिफारिस समिति गठन हुनुपर्ने उल्लेख गरिएको छ ।
सरकारले गठन गरेको समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । सिफारिस गरिएका मध्ये एकजनालाई मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गर्न सक्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ ।

गभर्नर नेपालको कार्यकाल सकिन एक महिना पनि बाँकी छैन, तर पनि सरकारले यस विषयमा खासै ध्यान दिएको छैन् । ऐनमा उल्लेख भए अनुसार सिफारिस समितिको अध्यक्ष अर्थमन्त्री नै हुनेछन् । अर्थमन्त्रीको संयोजकत्वमा बन्ने सिफारिस समितिको सदस्यहरुमा एक जना पूर्व गभर्नर हुनेछन् भने अर्को एक जना विज्ञ व्यक्ति सरकारले तोक्नेछ ।

अर्थमन्त्री डा.युवराज खतिवडालाई गुरु मान्ने शिवाकोटी गभर्नर आफ्नो भागमा आउनेमा ढुक्क छन् । ऐनले नै गभर्नरका लागि एकजना बहालवाला डेपुटी गभर्नरलाई सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ । अर्थमन्त्रीको संयोजकत्वमा बन्ने ३ सदस्यीय सिफारिस समितिले नयाँ गभर्नरका लागि तीनजनाको नाम समावेश गरेर सिफारिस गर्नुपर्ने हुन्छ ।

अनियमिताको आरोप लागेर पनि मन्त्रिपरिषदबाट क्लीन चिट पाएका अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि गर्भनरका दाबेदार छन् । तर, उनले बालुवाटारभित्र शिवाकोटीले जस्तो सुविधा पाएका छैनन् ।

गर्भनरमा अन्य आंकाक्षीहरु पनि कम छैनन् । राष्ट्र बैंककै सञ्चालक समिति सदस्य रहेका डा. सुवोधकुमार कर्णदेखि अर्थसचिवबाट २२ माघमा अवकास पाएका डा। राजन खनाल पनि उत्तिकै बलिया दाबेदारका रुपमा छन् ।

राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएर हाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत रहेका महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, पूर्वराजस्व सचिव लालशंकर घिमिरे लगायत पनि गभर्नरको आकांक्षीका रुपमा छन् ।

यीमध्ये धेरै कसरत गर्नेमा शिवाकोटी र सुवोधकुमार कर्ण अगाडि देखिएका छन् । महालेखापरीक्षकका लागि निकै कसरत गरेर पनि हुन नसकेका कर्ण नेकपा निकटकै व्यक्ति हुन् । महालेखापरीक्षक हुन नपाएपछि नेकपाले उनलाई चित्त बुझाउनका लागि राष्ट्र बैंक सञ्चालक बनाएको थियो ।

बैंकिङ विषयमै विद्यावारिधि गरेका कर्ण गभर्नर बन्नका लागि ठूलो कसरतमा जुटेका छन् । केही दिन अघिमात्रै उनी आफूलाई गभर्नर बनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका थिए । राष्ट्रपति कार्यालयनिकट श्रोतका अनुसार पछिल्लो एक महिनामा उनले ३ पटक राष्ट्रपतिलाई भेटेर आफ्नो कुरा राखिसकेका छन् ।

तर, कर्णले राष्ट्रपतिलाई भेट्दै गर्दा शिवाकोटीचाहिँ आफूलाई विद्वान अर्थ विज्ञ सावित गराउन पुस्तक लेखेर बसे । र, उनले फ्याट्ट प्रधानमन्त्रीकै हातबाट विमोचन गराए, त्यही पनि बालुवाटारभित्रै पुगेर ।

LEAVE A REPLY