कोरोना भाइरसका कारण २६६३ जनाको मृत्यु

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म २६६३ पुगेको छ ।
आजमात्रै कोरोनाका कारण थप ७१ ज्नाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् । राष्ट्रीय स्वास्थ्य आयोगको रिपोर्टका अनुसार ५०८ नयाँ बिरामी फेला परेका छन् ।

तर चीनका केहि प्रान्तमा भने कुनै पनि कोरोना संक्रमित बिरामीहरु फेला परेका छैनन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सोमवारबाट चीनमा कोरोना भाइरसका संक्रमित कम हुन थालेको बताएको छ ।

LEAVE A REPLY