लोकसेवा नतिजा कमजोर, १३ दशमलव ३८ प्रतिशत मात्र उतीर्ण

लोकसेवा, आयोगले लिएको शाखा अधिकृत पदको परीक्षामा १३ दशमलव ३८ प्रतिशतमात्र उतीर्ण भएका छन् । गत २५ माघमा आयोगको विभिन्न कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको परीक्षामामा पास हुनेको नतिजा कमजोर देखिएको हो । परीक्षामा सम्मिलित (खुला र समावेशी), एकीकृत परीक्षाअन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सोसरह पदका लागि उम्मेदवार रहेका २५ हजार ४३ जनामध्ये ३ हजार ३ सय ५३ जना द्वितीय चरणको परीक्षाका लागि छनोट भएको आयोगले जनाएको छ। जुन कुल सहभागीको १३ दशमलव ८प्रतिशत मात्रै हो ।

LEAVE A REPLY