अश्लील भिडियो बनाउने कार्यमा संलग्न तीन पक्राउ

अश्लील भिडियो बनाउने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरमा तीनजना पक्राउ परेका छन् । उनीहरुलाई सूर्यविनायक नगरपालिका–५ कटुञ्जेबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–६ घर भई हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजिव थनेत दनुवार रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसबारेमा अनुसन्धान भइरहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

LEAVE A REPLY