यी हुन् कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने कमेडियन

चर्चामा रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’को फाइनलमा पुग्नबाट बिष्णु प्रसाद पौडेल ‘मेक्सम’ बाहिरिएका छन् । उनी, अन्तिम चरणमा प्रवेश गर्नबाट बञ्चित भएका छन् । उसो त, शोको छायांकन शनिबार भएसँगै मेक्सम बाहिरिएको चर्चा सामाजिक संजालमा नचलेको होइन ।

तर, च्याम्पियनको टिमले भने यस बिषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । अब, कमेडी च्याम्पियनको उत्कृष्ट ३ मा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् ।यद्यपि आजको श्रृंखला प्रशारण हुन बाँकी छ ।

२६औं शृंखलामा पफर्मर अफ द राउन्ड हुँदै हिमेश पन्त ग्रान्ड फिनालेमा यस अघि नै पुगिसकेका छन् । ग्रान्ड फिनालेमा सुमन कोइराला, हिमेश पन्त र खड्गबहादुर पुनलाई देखिने छ । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् ।

‘कमेडी च्याम्पियन’ लाई विशाल भण्डारीले निर्देशन गरिरेहका छन् ।

LEAVE A REPLY