यी हुन सेनाका जागिर छोडेका कलाकारहरु

सरकारी जागिरप्रतिको मोह र त्यसमा भविष्य देख्ने हजारौं छन् । मान्छेका रुची र सौख पनि अनौठा हुन्छन् । कोही जागिरै खान चाँहदैनन् त कोही जागिरकै लागि मरिहत्ते गर्छन् । कसैलाई सरकारी जागिर मनपर्छ त कसैलाई उद्योग व्यवसाय । नेपालकै सन्दर्भमा सरकारी जागिरमै बढ्दो आकर्षण छ ।
तर यही सरकारी जागिर छाडेर व्यवसायमा हेलिने र कलाकारितामा मोडिने धेरै छन् । जस्तो अहिलेका चर्चित बैंकर चन्द्र ढकाल कुनै समय सरकारी जागिरे । त्यही सरकारी जागिर छाडेर अहिले ग्लोबल आइएमइ बैंकका अध्यक्ष छन् । यस्तै अहिले बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका भुवन कुमार दाहाल पनि सरकारी जागिर त्यागेर निजी क्षेत्रमा होमिएका व्यक्ति हुन् ।

Image result for तुलसी घिमिरे
आजको श्रृंखलामा चाहिँ हामी चर्चा गर्दैछौं,सरकारी जागिर छाडेर कलाकर्ममा होमिएका नेपाली सेलिव्रेटीहरुको बारेमा :

चर्चित कलाकार अर्जुन घिमिरे पाँडे ,नायक धिरेन शाक्य,सफल अभिनेता तु्लसी घिमिरे,इण्डियन आइडल प्रशान्त तमाङ लगायतका कलाकारहरु सरकारी जागिर छाडेर कलाकारितामा यूर्टन भएका हुन् ।

Image may contain: 1 person, smiling, beard
जसमध्ये तुलसी घिमिरे कलाकारितामा आउनु अघि  भारतिय सेनामा भर्ती भएका थिए । उनले ६ महिना सेनाको जागिर खाएर छोडेका हुन् । यस्तै अहिलेको चर्चित हास्य टेलिश्रृंखला सक्किगोनीका कलाकार अर्जुन घिमिरे ‘पाँडे’ पनि नेपाली सेनाको जागिर त्यागेर कलाकारितामा होमिएका हुन् । संकटकालको समयमा सरकारी जागिरे खाएका उनी द्धन्दकालमा नेपाली सेनाको जागिरमा टिक्न नसकेर जागिर छाडेर हिडेका कलाकार हुन् ।

Image result for धिरेन शाक्य

अर्को चर्चित नायक धिरेन शाक्य कुनै समय सेनाकै जागिरे थिए । उनी पनि ब्रिटिस आर्मीको जागिर त्यागेर सिनेमामा नगरीमा होमिएका कलाकार हुन् ।

Image result for प्रशान्त तामाङ

यस्तै इण्डियन आइडल बनेका प्रशान्त तामाङ पनि कुनै समय इन्डियन आर्मीमा कार्यरत थिए । उनले कलाकारीता र सरकारी जागिरमध्ये एउटा छान्नुपर्ने अबस्था आयो । त्यो समयमा उनले कलाकारितालाई रोजे र सरकारी जागिर त्यागिदिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here