भारतमा मृत्युदण्डको सजाय सुनाएपछि किन कलमको निभ भाँचिन्छ ?

थोरैलाई मात्र थाहा होला भारतमा मृत्युदण्डको सजाय सुनाइसकेपछि न्यायधीस हरुले कलमको निभ भाँच्छन् ।
भारतीय न्यायाधीशहरूले मृत्यदण्ड सुनाइसकेपछि प्रयोग गरिरहेको कलमको निभ भाँच्ने चलन छ । न्यायाधीशले त्यस्तो गर्नुमा धेरै कारणहरू छन् ।
1.कलमको निभलाई भाँच्नु धेरै कुराको प्रतीकात्मक कार्य हो । आफ्नो कलमबाट मृत्युजस्तो अन्तिम फैसला लेखेपछि त्यहीँ कलमले अरुको फैसला गर्न नहुने मान्यताका अनुसार न्यायाधीशहरू कसैको पनि मृत्युदण्डको सजाय सुनाइसकेपछि त्यो कमको निभ भाँच्ने गर्दछन् ।

2.कुनै पनि व्यक्तिको जिवन अन्त्यको फैसला आफ्नो कलमले गर्ने हुँदा सो कार्यको लागि शोक र दुःख चित्रण गर्न पनि निभ भाँच्ने गरिन्छ । मृत्युदण्ड को फैसला नै अन्तिम सत्य हुने र त्यसलाई फेरि बदल्न नसकिने मान्यताको आधारमा पनि निभ भाँच्ने चलन रहेको छ ।

3.न्यायाधीशहरूसँग मृत्युदण्ड जस्तो फैसलाको समीक्षा गर्ने र त्यसलाई परिवर्तन गर्ने अधिकार पनि नभएकाले कलमको निभ भाँच्ने गरिएको पनि कतिपय भारतीय मिडीयाहरूको तर्क रहेको छ ।

मृत्युदण्डको सजाय विश्वका अन्य देशले पनि दिने गरेता पनि फैसलापछि कलमको निभ भाँच्ने चलन भने भारतमा मात्र रहेको छ । एजेन्सी

LEAVE A REPLY