फागुन ३ गते ग्रील तथा स्टील व्यवसायी महासंघको केन्द्रीय समितिको बैठक सम्पन्न

फागुन ३ गते ग्रील तथा स्टील व्यवसाथी महासंघले नेपाल केन्द्रीय समितिको बैठक सम्पन्न गरेको छ ।
सुनसरिको इटहरिमा सम्पन्न बैठकले विभिन्न विषयमा छलफल गरि देशभरिबाट उपस्थित केन्द्रीय समितिका पदाधिकारी सदस्यहरुले जिल्लामा गरेका गतिविधि र ग्रील व्यवसायमा देखिएका बिभिन्न समस्याहरुको विषयमा छलफल गरेका थिय ।
महासंघका अध्यक्ष मोहन कटुवालको अध्यक्षतामा सम्पन्न बैठकमा कटुवालले ग्रील उधोगलाई संगठित गर्दै सबै ग्रील उधोगलाई कानुनि दायरामा ल्याउन पहल भइरहेको बताउनु भएको छ ।

फलाम सम्बन्धी कामहरु ग्रील उधोगीले गर्न पाउनु पर्ने , ग्रील वातावरणलाई सन्तुलन राख्न र उत्पादकत्व वृद्धि गर्न प, वातावरण मैत्री आधुनिक औजारहरु ल्याउन सरकारसंग अनुदानको माग गर्ने ,सबै ग्रीलउधोगलाई एकै स्थानमा संचालन गर्न, ग्रील ग्रामको व्यवस्था गर्न सरकार संग प्रभावकारी पहल गर्न, ग्रील उध्योगलाई आवस्यक दक्ष जनशक्ती उत्पादन गर्न पहल गर्ने, ग्रील उधोगीहरुलाई सहज रुपमा सहुलियत व्याजमा ऋण उपलब्ध गराउने र ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाललाई सङ्गघिय संरचनामा लैजाने उदेश्यले प्रदेश गठन गर्न प्रदेश संयोजक समेत मनोनित गरीएको छ ।

पहिलो चरणमा ५ वटा प्रदेश संयोजक मनोनित गरिएकोमा प्रदेश १ मा केन्द्रीय सदस्य बज्रासुरज आन्दम्बेलाई संयोजक मनोनित गरिएको छ भने क्रमश २ न.प्रदेशमा महासंघका उपाध्यक्ष टिकेन्द्र पौडेललार्इ ३ न. मा केन्द्रीय सदस्य मोहन कुमार श्रेष्ठ ,४ न. मा उपाध्यक्ष रणबहादुर बिस्वकर्मा, ५ न.केन्द्रीय सदस्य दिपक आचार्यलाई मनोनित गरेको छ।

त्यसै गरि बैंठकले विभिन्न समिती समेत गठन गरेको छ कर राजस्व भन्सार समितिको केन्द्रिय सदस्य रमेस डगोल संघ संस्था समन्वयन समितिको संयोजकमा केन्द्रीय सदस्य जीवन भट्टराई उधोग व्यवस्थापन समिति संयोजकका भागिरथ लुइँटेल र शिक्षा तथा खेलकुद समितिको संयोजकमा अर्जुन पाठकलाई मनोनित गरीएको छ ।

त्यस्तै सल्लाकारमा महासंघका पुर्व सदस्य रामशरण रिमाललाई मनोनित गरीएको छ । केन्द्रिय समितिको बैठकमा ग्रील तथा स्टील व्यवसायी संघ सुनसरी र मोरङका नवनिर्वाचित पदाधिकारी सदस्यहरुलार्इ महासघका अध्यक्ष मोहन कटुवालले स्वदेशि उत्पादन रुद्राक्षको माला लगाएर सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here