१६ सह सचिवको सरुवा (को -कहाँ पुगे ?)

केदार पनेरु अर्थ,भुपाल बराललाई महालेखा नियन्त्रक

सरकारले १६ सहसचिवहरुको जिम्मेवारी हेरफेर तथा सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले १६ जना सह सचिवहरुको सरुवा गरेको हो । यसरी सरुवा हुनेहरुमा केदार पनेरु,भूपाल बराल,उमेश बस्नेत,ठाकुर सिग्देल,खड्ग बहादुर कार्की,हरि बखती,कृष्णप्रसाद धिताल,भीष्म न्यौपाने,वासुदेव शर्मा,सुशील ढकाल,टिकाराम ज्ञवाली,तेजराज पाण्डे,शंकरप्रसाद सुवेदी,आनन्द सारू,कृष्णकान्त उपाध्याय र उपेन्द्र खनाल छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत केदार पनेरु अर्थ मन्त्रालयमा पुगेका छन् । उनलाई अर्थ वा मातहतको जिम्मेवारी दिइएको छ । यस्तै सामान्य प्रशासन मन्त्रालयमा रहि प्रवक्ताको जिम्मेवारी निभाइरहेका भुपाल वराल महालेखा नियन्त्रक कार्यालयमा पुगेका छन् । सरुवा भएका अन्य सहसचिवहरुमध्ये जनकपुर उपमहानगरपालिका धनुषामा कार्यरत उमेश बस्नेतको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा तानिएको छ । यस्तै जितपुर सिमरा उपमहानगरपालिका बाराका खड्ग बहादुर कार्कीको मधेशी आयोग, प्रदेश प्रमुखको कार्यालय प्रदेश नं १ का सहसचिव ठाकुर सिग्देलको प्रदेश प्रमुखको कार्यालय, प्रदेश नं ६ सुर्खेत पठाइएको छ । यसैगरी धनगढी उपमहानगरपालिका कैलालीका हरि बखतीलाई राष्ट्रिय समावेशी आयोगमा तानिएको छ भने वीरगन्ज महानगरपालिका पर्साका कृष्ण प्रसाद धिताललाई राष्ट्रिय दलित आयोगमा ल्याइएको छ । यस्तै विराटनगर महानगरपालिका मोरङका भीष्म न्यौपानेलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा ल्याइएको छ भने राष्ट्रिय समावेशी आयोग, काठमाडौँका वासुदेव शर्मालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ । सरुवा भएकामध्ये राष्ट्रिय दलित आयोगका सुशील ढकाललाई राष्ट्रिय कितावखानाको महानिर्देशक बनाएर पठाइएको छ । घोराही उपमहानगरपालिका दाङका टिकाराम ज्ञवालीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश २ का सहसचिव तेजराज पाण्डेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको छ । सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेशका सहसचिव शंकरप्रसाद सुवेदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । त्यस्तै प्रदेश प्रमुखको कार्यालय प्रदेश नं।६ सुर्खेतका सहसचिव आनन्द सारूलाई तुलसीपुर उपमहानगरपालिका दाङमा पठाइएको छ भने तुलसीपुर उपमहानगरपालिकाका कृष्णकान्त उपाध्यायलाई प्रदेश प्रमुखको कार्यालय, प्रदेश नं। ५ बुटवल र हेटौडा उपमहानगरपालिका उपेन्द्र खनाललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

LEAVE A REPLY