बर्ष दिनदेखि कमाण्डरबिहिन नेपाल औषधि लिमिटेड

मासिक तलबमा ३० लाख खर्च,बार्षिक आम्दानी ६० लाख

बन्द भएर गेयर अप लिएको सरकारी कार्यालयको हविगत हेर्नुहोस त । अन्य निजी औषधि उद्योगहरुसँग प्रतिष्प्रर्धामा उत्रनु पर्ने नेपाल औषधि लिमिटेडले बर्ष दिनदेखि हाकिम पाउन सकेको छैन् ।
यस अघि तीन वर्षको लागि नियुक्ति पाएका डा. रोभर्स कसुम सुवेदी एक वर्ष कार्यकाल बाँकी रहँदै राजीनामा ठोकेर हिडे । उनी अहिले नीजि कम्पनीमा जागिर खाइरहेका छन् । उनले राजीनामा ठोकेर हिडेपछि रिक्त रहेको औषधि व्यवस्था विभागको महाप्रवन्धक पदमा अझैं कोही नियुक्त हुन सकेका छैन् । त्यहाँ महाप्रवन्धक नियुक्त गर्ने भन्दै गत बर्ष फागुनमै विज्ञापन गरिएको पनि हो । जहाँ ९ जना आकांक्षी देखिएका थिए ।
त्यहाँ महाप्रवन्धकका लागि आवेदन दिनेहरुमा प्रभातकुमार सिंह, राजकुमार थापा, टीकाराम अर्याल, विजयश्री रत्न बज्राचार्यसहित मोहम्मद सफी उल्लाह थिए । तर, छनोट समितिले यीमध्येबाट तीन जनाको नाम क्याविनेटमा पठायो ।

मन्त्रालय स्रोतका अनुसार सर्ट लिस्टमा विजयश्री रत्नको नाम परेन । विजय अहिले पनि त्यहाँ निमित्त महाप्रवन्धक चलाइरहेका छन् । त्यही कारण हो उद्योगबाट गएको सिफारिस उपर मन्त्रिपरिषद्ले कुनै निर्णय गरेन् । बरु आठ महिनासम्म फाइल अड्काएर अघिल्लो साता उद्योगमै नाम फिर्ता पठाइएको छ ।बन्द भएर गेयर अप लिएको संस्थालाई कमाण्ड गर्ने जिएम भए रिस्क मोलेर पनि काम गर्ने थिए तर बर्षदिनदेखि हाकिम नियुक्त हुन सकेको छैन अहिले औषधि लिमिटेडले सिटामोल, सिटाप्लस, जीवनजल (प्लेन र अरेन्ज फ्लेभर), ग्लिसिरिन र एमजिट उत्पादन गरिरहेको छ । त्यहाँका सूचना अधिकारी टीकाराम अर्यालका अनुसार त्यहाँ करार र स्थायी गरी १ सय बढी कर्मचारी कार्यरत छन् । यिनको तलब भत्तामै मासिक ३५ लाख हाराहारी जान्छ । तर, उत्पादित औषधि बेचेर वर्षभरि ६० लाख आम्दानी हुन्छ । । लिमिटेडको घरभाडाबाट मासिक २० लाख आम्दानी हुन्छ त्यही आम्दानीले धेरेथोर भरथेग भइरहेको छ । लिमिटेडले आगामी महिनाभित्रैबाट, एमजिट (पेट दुखेको), जुकाको औषधि, भिटामिन बी कम्लेक्सलगायत औषधि उत्पादन गर्ने लक्ष्य लिएको अर्याल सुनाउँछन् ।
त्यहाँ कमाण्ड गर्ने कर्मचारी भइदिएको भए लिमिटेडले गति लिन नसकेको कर्मचारीहरु सुनाँउछन् ।

LEAVE A REPLY