टेक सिंह धामीको नयाँ गजल

गजल

मुस्कान पछिको सेवा शिष्टाचार हुन्छ।
हलो अड्काइ गोरु पिट्नु भ्रष्टाचार हुन्छ!!

उधोग, ब्यापार केहि चाहिन्न सिधै धनवान।
सायद राजनीति गर्नु पनि ब्यापार हुन्छ!!

ट्वान्टी ट्वान्टीमा भ्रमण बर्ष मनाउदै गर्दा।
लुटिन्छन् पर्यटकहरू मुख्य समाचार हुन्छ !!

करोड हस्ताक्षर MCC को बिरुद्ध मा पर्दा।
टुइके भाच्छौ बिरोधीका भन्ने सरकार हुन्छ!!

पानी त बगेर जादैछ खेर,जवानि खाडिमा।
यसरि कहिले सम्म नेपाली को घरबार हुन्छ?

सुदुरपश्चिम को बैतडि सिगास

LEAVE A REPLY