यी हुन निजामती सेवाको उच्च ओहदामा कार्यरत तीन महिला

पछिल्लो समय हरेक तह र तप्कामा महिलाको उपस्थिती बाक्लिन थालेको छ । कुनै समय चुलो चौकामा सीमित महिला त्यहाँबाट उठेर राष्ट्रपतिसम्म बन्न सफल हुनुभएको छ । अहिले राष्ट्रपतिको ओहदामा सम्माननीय विद्यादेवी भण्डारी हुनुहुन्छ । राजनीतिदेखि सभामुख,प्रधानन्यायधीशसम्म महिला नै बनेको इतिहास पनि छ हामीसँग । पछिल्लो समय विभिन्न क्षेत्रमा झैं प्रशासनिक क्षेत्रमा समेत महिलाको उपस्थिती बाक्लिन थालेको छ । तयसकै उपज हो अहिले देशका आधा दर्जनभन्दा बढी जिल्लाको कमाण्ड नै महिलाले गरिरहेका छन् । उपसचिव र सह सचिवमात्र होइन् सचिवका रुपमा समेत महिलाको उपस्थिती बाक्लिन थालेको छ । हाल नेपाल सरकारका ७२ जना सचिव छन् । जसमध्ये ३ जना महिला सचिवको रुपमा कार्यरत छन् । निजामती किताबखानाको तथ्यांक हेर्ने हो भने ६ जना महिला सचिव पदबाटै रिटायर्ड भइसकेका छन् । ति हुन्, रिद्धिबाबा प्रधान, बिन्द्रा हाडा, सुधा शर्मा, विमला सुवेदी, किरण रेग्मी, पुष्पा चौधरी । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेव साइडमा उल्लेख भए अनुसार, नेपाल सरकारका ७२ सचिवमध्ये तीन सचिव महिला छन् । यामकुमारी खतिवडा,देवकुमारी हुमागाई र राममाया कुँवर ।


खतिवडा हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका कार्यरत छिन् । उनी विगत ४ बर्षदेखि त्यही मन्त्रालयमा छिन् ।

यस्तै परिवारका सातै सन्तान सरकारी जागिरे भएका देवकुमारी गुरागाई अहिले निर्वाचन आयोगको सचिवको जिम्मेवारीमा छिन् ।

 

यस्तै अर्काे सचिव राममाया कुँवर महालेखा परीक्षकको कार्यालयमा उपमहालेखा परीक्षकका रुपमा क्रियाशिल छिन् ।

निजामती सेवाको उच्च पदमा महिला सहभागिता र प्रवेश बढ्दै गरेको अर्काे उदाहरण हो अहिले सहसचिवको रुपमा ३६ महिला कार्यरत छन् ।

LEAVE A REPLY