किन पुगे ‘सक्किगोनी’ मा दयाहाङ र धुर्मुस ?

अभिनेता दयाहाङ राई र सिताराम कँट्टेल ‘धुर्मुस’ ९ फागुनबाट प्रदर्शनमा आउने फिल्म ‘सेन्टी भाइरस’ प्रचारका लागि कमेडी श्रृङ्खला ‘सक्किगोनी’देखिने मा पुगेका छन् ।
विशेष पाहुनाको रुपमा ‘सक्किगोनी’ मा भित्रिएका उनीहरुको अभिनय रहेको श्रृङ्खला भाग २२ मा प्रसारण हुनेछ । टेलिश्रृङ्खलामा पहिलो पटक काम गर्दा रमाईलो अनुभूति भएको अभिनेता दयाहाङले बताए ।
‘सक्किगोनी’ मा फिल्म ‘सेन्टि भाइरस’ प्रचार प्रसारमा साथ दिने हिसाबले विशेष भूमिकामा प्रकट हुन लागेको सितारामले बताएका छन् ।

LEAVE A REPLY