एमसिसीको विवादले ओली र दाहाल विभाजित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विवादले रडाको मच्चिएको छ। अमेरिकन सहयता स्वीकार गर्न हुने वा नहुने भन्ने विवादमा नेकपाभित्र चर्को विवाद छ। एमसिसीको विवादले सरकारका मन्त्री र पार्टीका नेताहरू समेत दुई भागमा विभाजित भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र उनी निकटका नेताहरू एमसिसी स्वीकार गर्ने पक्षमा देखिएका छन्। यता, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यो सहायता लिन नहुने पक्षमा देखिएका छन्। एमसिसीको विषयमा पार्टीका शीर्ष नेताहरू नै दुई भागमा विभाजित भएका छन्। नेकपामा अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, देव गुरुङ लगायतका नेता एमसिसी स्वीकार गर्न नहुने पक्षमा छन्। तर, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, परराष्टमन्त्री प्रदीप ज्ञवाली लगायतका मन्त्रीहरूले एमसिसी यही संसद् अधिवेशबाट पारित हुने बताउँदै आएका छन्।

LEAVE A REPLY