दुई कर्मचारीमाथि स्वास्थ्य मन्त्रालयको विभागीय कारवाही

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना दुई कर्मचामरीमाथि विभागीय कारवाही गरेको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले लामो समयदेखि जानकारी विना अनुपस्थित रहेका दुई जना कर्मचारीलाई विभागीय कारवाही गरेको हो । मन्त्रालयका अनुसार यसरी विभागीय कारवाहीमा पर्नेमा आँपपिपल अस्पताल गोरखाका ल्याव असिस्टेन्ट (पाँचौँ तह)का कुमार प्रसाद शर्मा छन् । उनी २०६२ कात्तिक १ देखि विना जानकारी अनुपस्थित रहेको जनाइएको छ । यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय गोरखामा कार्यरत विमला वाग्ले २०६३ असोज ६ गते देखि विना जानकारी अनुपस्थित भएको उल्लेख छ ।यी दुबै उपर मन्त्रालयले विभागीय कारवाही गरेको हो । मन्त्रालयले उनीहरुलाई भविस्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here