कुन बैंकले कति कमाए नाफा ?

सञ्चालनमा रहेका २७ बाणिज्य बैंक मध्ये हालसम्म २४ बैंकले आफ्नो वित्तिय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये सरकारी स्वामित्वको नेपाल बैंक र कृषि विकास बैंक सहित निजी क्षेत्रका एनआईसी एसिया, कुमारी बैंक, सनराइज लगायतका बैंकले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका हुन् । नियमअनुसार बाँकी रहेका बाणिज्य बैंकले पनि यो माघ महिनाको अन्त्यसम्म वित्तिय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । त्रैमास सकिएको १ महिना भित्र वित्तिय विवरण सार्वजनिक गर्नुपर्ने नियम छ ।
कुमारी बैंक
कुमारी बैैंकको नाफा २१ दशमलव २१ प्रतिशतले वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा ८० करोड ३० लाख नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले ६६ करोड ६८ लाख रुपैयाँ नाफा गरेको थियो । यो अवधिमा बैंकले ८० अर्ब ९२ करोड ५२ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७३ अर्ब १ करोड ७९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले दोश्रो त्रैमासभित्रमा ८२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधीमा ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले ६ महिनामा वितरण योग्य नाफा ६० करोड रुपैयाँ आर्जन गरेको हो ।
सिटिजन्स बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्स बैंकको नाफा आठ करोड २६ लाख ४४ हजार रुपैयाँले घटेको छ । बैंकले ६८ करोड ७७ लाख एक हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ६२ करोड १० लाख ५९ हजार रहेको छ । समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी घटेर एक अर्ब ४३ करोड ७९ लाख ९९ हजार रुपैयाँ आर्जन भएको छ भने ९५ करोड ५९ लाख ७९ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।
लक्ष्मी बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मी बैंकले ९० करोड ३० लाख २९ हजार खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको नाफा २४ दशमलव ७६ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा ५९ करोड १८ लाख ४४ हजार रहेको छ ।
सनराइज बैंक
सनराइज बैंकले चालू आर्थिक वर्षको पहिलो छ महिनामा ९४ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ करोडले बढी हो । बैंकको वितरणयोग्य नाफा ५१ करोड ९० लाख रुपैयाँ रहेको छ ।
सिद्धार्थ बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको नाफा चार करोडले घटेको छ । बैंकले एक अर्ब दुई करोड ६५ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५७ करोड ४९ लाख २५ हजार रहेको छ ।
सानिमा बैंक
सानिमा बैंकले एक अर्ब १४ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८४ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ९५ करोड ९ लाख २२ हजार रुपैयाँ रहेको छ ।
नेपाल बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंकको मुनाफा १८ दशमलव ६ प्रतिशतले घटेको छ । पुष मसान्तसम्ममा बैंकले एक अर्ब ३५ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा ६८ करोड ३७ लाख १९ हजार रुपैयाँ रहेको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा डेढ अर्ब नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा ५ दशमलव ५९ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ८६ करोड ४९ लाख रहेको छ ।
प्राइम कमर्सियल बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकले एक अर्ब ३० करोड सात लाख ८७ हजार खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ दशमलव ६१ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा ८६ करोड ५९ लाख ५९ हजार रहेको छ ।
एनआईसी एशिया बैंक
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआईसी एशिया बैंकको खुद मुनाफा ३३ प्रतिशतले बढेर दुई अर्ब एक करोड पुगेको छ । बैंकको वितरणयोग्य नाफा भने एक अर्ब सात करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकले तीन अर्ब ६४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने संचालन मुनाफा दुई अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममाम १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ करोड ३६ लाख रुपैयाँ अर्थात २२ दशमलव ८० प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब २८ करोड ८० लाख खुद नाफा कमाएको थियो ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले यस आर्थिक वर्षको दोस्रो त्रैमासमा ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यो बैंकले ७९ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
एनएमबी बैंक
एनएमबी बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा कुल नाफा ८० करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले गत आवको भन्दा यस वर्ष १ करोड ४४ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ ।बैंकको खराब कर्जा चालू आर्थिक वर्ष २०७६/०७७ को पुससम्ममा १ दशमलव ९२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकको खराब कर्जा १ दशमलव ७८ प्रतिशत थियो ।
प्रभु बैंक
चालू आर्थिक वर्ष को ६ महिनामा प्रभु बैंकको नाफा खुद नाफा १ अर्ब ८ करोड रुपैयाँ कमाएको छ । बैंकले ब्याजबाट मात्र आम्दानी मात्रै २ अर्ब ४५ करोड रुपैयाँ पुर्याएको हो । बैंकको मुलुकभर २०७ वटा शाखा विस्तार गरिसकेको यस बैंकले पुस मसान्तसम्ममा ८ अर्ब ५८ करोड रुपैयाँले बढाएर ९४ अर्ब ७१ करोड रुपैयाँ र्पुयाएको छ । त्यस्तै, निक्षेप पनि १० अर्ब रुपैयाँले बढाएको छ । प्रभु बैंकमा सर्वसाधारणको निक्षेप मात्र १ खर्ब १५ अर्ब रुपैयाँको छ । पछिल्लो समय खराब कर्जाका कारण समस्याग्रस्त बैंकलाई आरक्षण दिइरहेको बैंकको आफ्नै खराब कर्जा भने यस वर्ष बढेको छ । खराब कर्जा अनुपात ६ महिनाको अवधिमा ३.१२ प्रतिशतमा पुगेको छ ।
स्टयाण्डर्ड चार्टड
स्ट्याण्डर्ड चार्टड बैकले चालु आवको पुस मसान्त सम्म रु। १ अर्ब २२ करोड ५९ लाख खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको वित्तिय विवरण यस्तो देखाएको हो । बैंकले गत आवको सो अवधीमा १ अर्ब १४ करोड ५३ लाख खुद नाफा कमाएको थियो । बैंकको नाफा करिब १२ करोडले बढेको देखिन्छ ।
नबिल बैंक
बैंकको गत आवको यसै अवधीको तुलानामा १३ करोड ५० रुपैयाँले खुद नाफा घटे्को हो । समक्षिा अवधीमा २ अर्ब ४ करोड खुद नाफा आर्जन गरेको बैंकले अघिल्लो वर्षको यसै अवधीमा २ अर्ब १७ करोड बराबरको नाफा आर्जन गरेको थियो ।
बैंक अफ काठमाडौं
गत आवका्े यसै अवधिमा बैंकले ७७ करोड ७५ लाख खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधीमा १४ करोडले नाफा बढाएर ८८ करोड ३८ लाख खुद नाफा आर्जन गरेको छ । त्यस्तै, यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ करोड रुपैयाँले बढे्को छ ।गत आवको यसै अवधीमा बैंकले १ अर्ब ७६ करोड खुद ब्याज आम्दानी गरेको थियो भने समीक्षा अवधीमा १ अर्ब ९३ करोड रुपैयाँ बराबरको ब्याज आम्दानी गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले चालु आवको दोस्रो त्रैमासमा २ अर्ब २० करोड ९४ लाख रुपैँया बराबरको खुद नाफा आर्जन गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा २० करोड रुपैयाँले धेरै हो । गत आवको यसै अवधिमा बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ भने समीक्षा अवधीमा बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ ।
सेञ्चुरी कर्मसियल
चालू आवको दोस्रो त्रैमासमा बैकले ६५ करोड २ लाख खुद नाफा कमाएको छ । जुन गत बर्षको तुलनामा १३ करोड २१ लाख रुपैँयाले बढी हो । गत आवको सो अवधिमा बैँकले ५१ करोड ८१ लाख कमाएको थियो । बैँकले सो अवधिसम्ममा खुद ब्याज आम्दानी १८ करोड ८५ लाख रुपैँयाले बढाएर १ अर्ब ५२ करोड २ लाख रुपैँया पुर्याएको देखिन्छ ।
ग्लोबल आइएमइ
ग्लोबल आईएमई बैंकले चालु आवको दोस्रो त्रैमासमा रु। १ अर्ब ६८ करोड ५९ लाख खुद नाफा कमाएको छ । गत आवको उक्त बैंकले रु। १ अर्ब २२ करोड ९३ लाख खुद नाफा कमाएको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंक
गत आर्थिक बर्षको यही अवधिको तुलनामा बैंकको नाफा घटेको छ । समीक्षा अवधिमा बैंककोे खुद नाफामा ३० करोड ९४ लाख रुपैयाँ नाफा घटाएको छ । समीक्षा अवधीमा बैंकले १ अर्ब ६६ करोड बराबरको नाफा आर्जन गरेको छ भने गत आवको यसै अवधीमा बैंकले १ अर्ब ९७ करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो ।

हिमालय बैंक
हिमालयन बैंकले चालु आवको दोस्रो त्रैमासमा १ अर्ब ७४ करोड २४ लाख खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । वित्तिय विवरणअनुसार बैंकले गत आवको सो अवधीमा १ अर्ब ३६ करोड ७० लाख खुद नाफा कमाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here