गजल :आँफ्नै अगाडी भुपु माया रमाउदा पछुताउनु पर्छ

केही पाउदा होइन हजुर गुमाउदा पछुताउनु पर्छ ।
आँफ्नै अगाडी भुपु माया रमाउदा पछुताउनु पर्छ ।

बिबाह गर्दीन भनेर इमान्दारी खन्न खोज्दा खोज्दै
कुमारीमै हातमा सन्तान समाउदा पछुताउनु पर्छ ।

केहि पाउदा होइन ………………….
………………………पछुताउनु पर्छ ।

राम्रो हुन खोज्नेले बदनामी आँफै रोजेपछि ,,
जवानीको जोसमा होस हराउदा पछुताउनु पर्छ ।

किताब बोक्ने उमेरमा मनमा पिरिम बोकेपछि,,
बेरोजगार भएर सडकमा एक्लै कराउदा पछुताउनु पर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here