ललिता निवासका नाममा बैंक डुब्ने खतरामा

काठमाडौं । अहिले पेचिलो बन्दै गएको छ वालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरण । जहाँ मुछिएका उच्च पदस्थ सातसहित १७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दर्ज गरेको छ । भूमाफिया र सरकारी अधिकारीको मिलेमतोमा बालुवाटारको सरकारी जग्गा धितो लिएर ऋण दिने २७ बैंक तथा वित्त कम्पनीको झण्डै साढे दुई अर्ब रकम जोखिममा परेको छ । प्रभावशाली नेता र व्यापारीहरुको दबाब र प्रभावमा परी ती बीत्त कम्पनीहरुले प्रवाह गरेको अर्बाै रकम उच्च जोखिममा परेको हो । प्रभावशाली नेता र व्यापारिक समूह हेरेर ऋण दिने बैंक तथा विक्तिय संस्थाको ऋण जोखिममा परेको छ भने राष्ट्र बैंक पनि ती बैंक तथा विक्तिय संस्थालाई कारवाही गर्ने खतरासमेत बढेको छ । यसरी सरकारी जग्गा धितो लिएर ऋृण दिने बैंक तथा बीत्त कम्पनीहरुको संख्या २७ वटा रहेको देखिन्छ । यही प्रकरणमा परेर विभिन्न २७ वटा बैंक फन्दामा परेका छन् । सरकारी जग्गा व्यक्तिको नाममा ल्याई २ अर्ब ४१ करोड ६९ लाख ऋण लिएको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । जहाँ वाणिज्य,विकास बैंकसहित सहकारी गरी २७ वटा बीत्तिय संस्थाले ऋृण प्रवाह गरेको भेटिएको छ । यसरी सरकारी जग्गा धितो राखेर ऋृण प्रवाह गर्नेहरुमा सरकारी स्वामित्व समेत रहेको नेपाल बैंक लिमिटेड, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, लक्ष्मी बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक, महालक्ष्मी विकास बैंक,, आर्या तारा बचत तथा, एनआईडिसी डेभलपमेन्ट बैंक, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, नेपाल डेभलपमेन्ट एण्ड इमपलायमेन्ट प्रोमशन बैंक, प्राइम कमर्सियल बैंक, किष्ट बैंक,युनिक फाइनन्स, लगायत बैंकबाट कर्जा दिइएको भेटिएको छ । यसरी ऋृण प्रवाह भएकोमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकबाट ६९ करोड १० लाख रुपैयाँ ऋण प्रवाह भएको भेटिएको छ । जहाँ इन्दु शर्माले ऋण लिएको भेटिएको छ । यस्तै यही प्रकरणमा मुछिए पनि कारवाही नचलाइएका अर्काे शक्तिशाली पात्र हुन् नेकपाका महासचिव विष्णु पौड्याल पुत्र नविन । उनको नाममा वालुवाटारमा ८ आना जग्गा लिइएको भेटिएको थियो । सोही सरकारी जग्गा धितो राखेर उनले तत्कालीन यती डेभलपमेन्ट (हाल महालक्ष्मी विकास बैंक)बाट ४१ लाख रुपैयाँ ऋण निकालेको विवरणमा उल्लेख छ । यसरी ऋृण प्रदान गर्ने बैंक तथा बीत्त कम्पनीविरुद्ध नेपाल राष्ट्र बैंकले एक्सन लिएको छ । यता सिटिजन्स बैंकलाई नेपाल राष्ट्र बैंकले २० लाख रुपैंया जरिवाना तिराएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा डामिएपछि नेपाल राष्ट् बैंकले सिटिजन्स बैंकलाई कारवाही गरेको हो । बिग्रिएका साना फाइनान्स कम्पनीहरूलाई धमाधम व्यक्तिगत फाइदा लिँदै गाभ्ने र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी ऐन र निर्देशन उल्लघंन गरेको भन्दै सिटिजन्स बकंैलाई राष्ट्र बैंकले २० लाख रुपैयाँ तिराइएको हो । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित ब्यवस्था उल्लंघन गर्दा ५ लाखदेखि १० करोडसम्म जरिवाना हुन्छ । पहिलोपटक भएकाले उसको गल्तीको मात्राअनुसार २० लाखमात्र तिराइएको राष्ट्र बैंकका एक अधिकारीले सुनाए ।

LEAVE A REPLY