बझाङको मष्टा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन

टेक सिंह धामी, सुदुरपश्चिम प्रदेश नं७

बझाङ ,२७ माघ । बझाङको मष्टा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
जिल्लाको दुर्गम मानिने मष्टा गाऊँपालिकामा सडक सञ्जालमा जोडिए पछि यहाँका नागरिकहरुका लागि सहज होस् भनी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर कठायतले बताएका छन् । एम्बुलेन्स सेवा सुरु भएपछि कुनै दुर्घटना हुँदा र सिकिस्त बिरामी भएको बेला बिरामीलाई छिटो अस्पताल लैजान सुलभ र सहज रुपमा एम्बुलेन्स सेवा पाउने भएपछि त्यहाँका बासिन्दाहरु खुशी भएका छन् ।

 

LEAVE A REPLY