बिबेक भण्डारीको दमदार गजल :परदेशिको पिडा

गजल
काँधभरि ऋणको भारी बोकेर आको छु ।।
आखाभरी छल्केको समुन्द्र पोखेर आको छु ।।

जन्म दिने बाउआमाले सुख पाउछन भन्ने आशले,,
पेटमा हुर्कदै गरेको बच्चाको खुशी रोकेर आको छु।।

शैक्षिक योगयताको प्रमाणपत्र थुपारे बाकसमा,,
तरपनि गाईखाने भाषा घोकेर आको छु ।।

देश बनाउने सोच तर घरकै अर्थतन्त्र डमाडोल ,,
त्यसैले त बिदेशीको दास बनी झुकेर आको छु ।।

बिरानो देशको कहालीलाग्दो बस्तिमा निहुरिएर,,
आफ्नो जीवनको मूल्य आफै तोकेर आको छु।

जिवन सुखै संग बिताउने रहर नभएको कहाँ होर !
ढिक्का नुनसङ्ग बासी रोटी टोकेर आको छु ।।

नाम =बिबेक भण्डारी
ठेगाना =गोदावरी नगरपालिका वडा नं 1 अत्तरिया कैलाली

LEAVE A REPLY