‘बुबाको एउटा सुझावले मलाई अर्बपति बनायो’

हरेक व्यक्तीको सफलताको पछाडी कोहि न कोहिको हात हुन्छ । भाविन तुरकिया र उनका भाइको सफलताको पछाडी पनि उनीहरुकै आफ्नै पिताको ठूलो भूमिका भएको उनीहरु बताउँछन् । उनीहरुले शून्यबाट सुरु गरेको व्यवसाय अहिले अर्बौँ डलरमा परिणत भइसकेको छ । फोब्र्सका अनुसार भाइ दिभ्यांक सहित उनको कूल सम्पति १.३ अर्ब डलर बराबरको रहेको छ । उनले १९९८ मा १८ वर्षको उमेरमा २५ हजारको लगानीमा आफ्नो व्यवसाय सुरु गरेका थिए ।

पिताले दिएको एउटै सुझावले आफूलाई सर्वाधिक सफल व्यक्ति बनाएको उनी बताउँछन् । उनले स्कुल पढ्दादेखि सफ्टवेयर कम्पनी स्थापना गरि सञ्चालन गर्दै आएका हुन् । ‘वेब होस्ट र डोमेन नेम’ रेजिस्टर गर्ने कामबाट उनीहरुले लाखौँ डलर कमाइसकेका छन् । उनले बीबीसीसँगको कुराकानीमा आफू अत्यन्तै साधारण परिवारबाट रहेको र पिताले दैनिक बिहान नौदेखि रातिको नौ बजेसम्म काम गरि घरव्यवहार चलाउने गरेको बताए । र आज उनी जुन स्थानमा पुगेका छन् त्यसका लागि पितालाई नै धन्यवाद दिएका हुन् ।

उनी भन्छन्, “बुवाले दिनुभएको त्यो सुझाव म सानो हुँदादेखि नै हरेक क्षण दिमागमा आइरहन्थ्यो । कतिपय कुराहरु धेरै समयसम्म दिमागमा खेलिरहेपछि मात्र मनमा बस्छ भने जस्तैगरी त्यो कुराले पनि मेरो मनमा छोयो । उनको सन्देश अत्यन्तै साधारण र केबल एक वाक्यको थियो तर त्यसले नै मेरो जिन्दगी बदलिदिएको छ । उहाँ मलाई भन्नुहुन्थ्यो, ‘तिमीले एउटा कुरामा आफ्नो पूरा ध्यान लगायौ भने जतिसुकै ठूलो चिज भएपनि हासिल गर्न सक्नेछौ ।’ यही कुरालाई मैले आन्तरिक रुपमा मनन गरिरहेँ । यसले वास्तवमै तपाईँको आत्मविस्वास बढाउन सक्छ । यसपछि नै मलाई ‘फिजिक्सको फन्डामेन्टल ल’ अर्थात प्रकृतिको मूलभूत कानुन नतोडिने विश्वको जेसुकै उपलब्धी हासिल गर्न सम्भव भन्ने लाग्यो । ”

उनले १० वर्षको उमेरदेखि नै ‘कोडिङ’ गर्न सुरु गरेका थिए । उनका पिताले समर्थनका रुपमा उनलाई कोडिङ र कम्प्युटरकै विषयमा धेरै किताबहरु ल्याइदिने गरेका थिए । उनी भन्छन्, “ मलाई कम्प्युटरसँग पहिलो नजरमै प्रेम भएको थियो । म त्यतिबेला आफ्नो सबै समय कम्प्युटर कोठामै बिताउने गर्दथेँ । हामी घरमा कम्प्युटर किन्न सक्ने अवस्थामा थिएनौँ । ” यसरी स्कुल पढ्दापढ्दै उनले आफ्नो पहिलो सफ्टवेयर स्थापित गरेका हुन् । उनले थप भनेका छन्, “मलाई सधैँ लाग्छ कि उद्यमी हुनका लागि केबल कल्पना नै पर्याप्त छ । किनकी यसले नै मलाई एउटा भिन्दै क्षेत्र र व्यवसायबारे नयाँ ‘आइडिया’ दिँदै आएको छ जस सम्बन्धी मलाई केही पूर्वज्ञान हुँदैन । त्यसैले मैले अहिलेसम्म पनि भित्री रुपमा ‘म जे पनि गर्न सक्छु’ भन्ने कुरामा विश्वास राख्छु । ”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here