“निजामती सेवामा प्रेमकुमार राईजस्तो इमानदार प्रशासक भेट्न गाह्रै हुन्छ” :- गृहमन्त्री थापा

५ बर्षे सचिव बनेर प्रेम राईले निजामती सेवाबाट अवकाश लिएका छन् । निजामती सेवाको यो दौरानमा उनी २२ महिना गृह सचिवको रुपमा बिताए । हिजो सोमबार गृह मन्त्रालयमा सचिव राईको विदाइ कार्यक्रम राखिएको थियो । त्यहाँ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राईको खुलेर प्रशंसा गरे । यस्तो छ गृहमन्त्री थापाको सम्बोधनको पूर्ण पाठ :-

आफ्नो प्रियजनहरुसँग मिलन हुँदा पक्कै नै खुसी हुन्छ । तर, प्रियजनहरुको विदाइमा दुःख र पिडा अनुभूति हुन्छ । आजको यो विशेष क्षणमा न पिडा, न त खुसीको अनुभूति नै । आज मैले विशिष्ट प्रकारको अनुभूति गरिरहेको छु । एकातिर पिडा पनि छ, एकातिर खुसी पनि । अर्कातिर मैले गर्वको पनि अनुभूति गरिरहेको छु । निश्चिय नै पिडा हुनु स्वभाविक नै हो । खुसी मिलनमा मात्रै होइन सफलता र उपलब्धीमा पनि हुन्छ । उपलब्धीमा उमंगको अवस्था हुन्छ । विदाइको पिडासँगै आज खुसीको अनुभूति पनि गरिरहेका छौं । किनभने हाम्रो प्रेमकुमार राईजीको सफलता र उपलब्धीहरुले हामीलाई खुसी दिएको छ । हामीले खुसीको अनुभूति गरेका छौं । हाम्रो मन्त्रालय र राष्ट्रले उहाँ जस्तो राष्ट्रसेवक पैदा गर्न सकेकोमा हामी खुसी छौं । हामीले उहाँबाट प्रेरणा पाएका छौं । मलाई लाग्छ, तपाईहरु सबैलाई प्रेरणा दिनु भएको छ । उहाँले मन्त्रालयमा नयाँ थिति बसालेर जानु भएको छ । राष्ट्रको बिकास र समृद्धिको लागि नयाँ थिति बसालेर जानु भएको छ । यो क्षणमा म तीनवटा कुरा भन्छु । पहिलो, धन्यवाद । म उहाँलाई हृदयबाटै धन्यवाद भन्छु । राष्ट्रको तर्फबाट धन्यवाद भन्छु । मेरो सन्दर्भमा भन्नुपर्दा छोटो अवधिमा जुन सहयोग गर्नु भयो । म यो सहयोगको निम्ती धेरै धन्यवाद भन्न चहान्छु । उहाँको सहयोग नभएको भए यहाँसम्म आउन गाह्रो थियो । उहाँको विशेष योगदान छ ।दोस्रो, म उहाँलाई म बधाई भन्न चहान्छु । उहाँको कार्याकाल उत्कृष्ट रह्यो । राष्ट्रको निम्ती उत्कृष्ट जिम्मेवारी सम्हाल्नु भयो । तेश्रो म शुभकामना दिन्छु । आगमी दिनमा जनताको निम्ती योगदान दिनुहुनेछ । बाँकी जीवन पनि राष्ट्रको सेवामा लगाउनु हुनेछ । आफ्नो बाँकी जीवन सम्पूर्ण रुपमा राष्ट्रको निम्ती समपर्ति गर्नुहुनेछ । अवश्य पनि राष्ट्रले त्यो अवसर दिनेछ । मेरो तर्फबाट पनि त्यसको निम्ती सहयोग रहनेछ ।

Image result for प्रेमकुमार राई

‘सरल र सहासी प्रशासक’

मैले उहाँसँग करिब दुई वर्ष काम गरेँ । मेरो मानसपटलमा उहाँले अमिट छाप छोडेर जानु भएको छ । सुरुमा प्रधानमन्त्रीले कुन सचिव पढाइदिऊ ? भनेर सोध्नुभयो । मैले प्रधानमन्त्रीलाई भने, मलाई यो बारेमा खासै ज्ञान र अनुभव छैन । तपाईले नै उपयुक्त पठाइदिुहोस् ।’ उहाँले केही नामहरु भन्नुभयो । जब प्रधानमन्त्रीले उहाँको नाम भन्नुभयो । मैले पनि उहाँकै नाम लिएँ ।
मैले दुई वर्षको अवधिमा प्रेमकुमार राईलाई कसरी बुझे त ? पहिलो, उहाँ इमानदार राष्ट्रसेवक । प्रशासनमा इमानदार भेट्ने कुरा गाह्रै हुन्छ । तर, उहाँ इमानदार । कर्तव्यनिष्ठ राष्ट्रसेवक । बेइमानी नगर्ने, जिम्मेवारीप्रति बिमुख नहुने, छलछाम नगर्ने, धोखा नदिने । मैले उहाँमा यही त्यही पाएँ । सफलताको सिद्धान्त इमानदारिता हो । सफलताको निम्ती इमानदारिता चाहिन्छ । हो, त्यो इमानदारिता उहाँमा छ । त्यही भएर आज सफल भएर जादैं हुनुहुन्छ । मेरो दिमागमा उहाँको अमिट छाप छ । एउटा अविश्मरणीय सम्झना छ ।इमानदारिता भएर मात्रै पनि सफल हुदैन । जिम्मेवारीप्रति योग्य पनि हुनुपर्छ । जिम्मेवारी पुरा गर्ने क्षमता पनि चाहिन्छ । उहाँलाई मैले आफ्नो बिषयमा दक्ष र योग्य भएको पाएँ । सक्षम र योग्य राष्ट्रसेवकको रुपमा उहाँले अमिट छाप छोड्नु भएको छ । जिम्मेवारीमा भएकाहरुलाई जिम्मेवारीबाट बिमुख गराउने गरी अनेक दबाब, प्रभाव र चुनौतीहरु पनि आउछन् । तर, उहाँले त्यस्ता दबाब, प्रभाव र चुनौतीलाई सहासको साथ ‘हुन्न’ भन्न सक्नुहुन्छ ।सफलताको निम्ती सहास पनि चाहिन्छ । आँट चाहिन्छ । आँट भएको नेतृत्व भएन भने पनि सफलता हासिल गर्न सक्दैनौं । उहाँ एउटा सहासी प्रशासक पनि हो । माथिबाट बेठिक निर्देशन आए त्यो ‘हुन्न’ भन्ने सहास पनि चाहिन्छ । कुनै काम नीति, कानुनको बिरुद्ध भए ‘यो बेठिक छ’ भनेर मन्त्री होस् वा प्रधानमन्त्री सबैलाई भन्न सक्नुहुन्छ । उहाँ शत्तिशाली पात्रसँग पनि जुद्धन सक्नुहुन्छ । कैयन यस्ता क्षणहरु पनि आए की बेठिक बिरुद्ध जुद्धन पर्ने अवस्था आयो । त्यो बेला उहाँले बढो सहासका साथ‘ यो बेठिक हो’ भन्नुभयो । साहसका साथ जुद्ध्नुभयो ।उहाँ बढो सहज र सरल व्यक्तित्व हुनुहुन्छ । कुनै लप्पनछप्पन, देखावटी तामझाम, तडकभडक, पाखण्डीपन, घमण्ड केही पनि छैन । बढो सरल र सहज हुनुहुन्छ । मैले हेर्छु, हामी देख्छौं नी धेरै सचिवहरु‘ । तर, उहाँ बढो सरल हुनुहुन्छ । उहाँको सरलता पनि सफलताको कारण हो । गृहसचिवको ढोका सधैं खुल्ला भयो, सधैं पारदर्शी भयो ।

अर्को कुरा उहाँ बढो लगनशील हुनुहुन्छ । कहिलेकाही राती फोन गरेर सोध्दा अफिसमै छु भन्नुहुन्थ्यो । बिहान ८ बजेतिर फोन गर्दा पनि कार्यालयमै छु भन्नुहुन्थ्यो । ‘राजाको काम कहिले जाला घाम’ भने जस्तो गरिन्छ । तर, उहाँ विना कुनै हिसाब राष्ट्रसेवामा समपर्ति भएर काम गर्नुभयो । उहाँ ‘अल्कोहलिक’ होइन ‘वर्कहोलिक’ पाएँ । बिहानदेखि रातीसम्म जहिल्यै कार्यालयमा बसेर काम गर्नुभयो । उहाँमा राष्ट्र र जनताको समर्पित भए लाग्नुभयो । त्यसले पनि मेरो मनमा गहिरो छाप परेको छ । एउटा दुर्गम जिल्ला सखुवासभाको पिछडिएको समुदायबाट यो सफलता हासिल गर्नुभयो । उहाँको तिनै गुणहरुको कारण उहाँले सफलता पाउनुभएको हो । यो विदाइ गृहसचिवको रुपमा विदाइ हो । सेवाअवधि पुरा भएकोले यो विदाइ अनिवार्य थियो । तर, राष्ट्रको सेवाबाट विदाइ होइन । उहाँलाई हामी नयाँ मोर्चा र काममा पढाउदैछौं । उहाँलाई नयाँ अभियान, नयाँ सेवाका निम्ती उहाँलाई नयाँ मोर्चामा हामी पठाउँदैछौं । उहाँको अर्को मोर्चाको निम्ती सफलताको शुभकामना व्यक्त गर्न चहान्छु । उहाँ अर्को मोर्चामा गए पनि हामीले उहाँको सहयोग लिनेछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here