भारतको केरलामा कोरोना भाइरसका थप एक संक्रमित भेटिए

अहिले संसारभर नै कोरोना भाइरसले तहल्का मच्चाएको छ । यसै क्रममा चीनबाट फर्केका भारतका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । उनलाई अस्पतालमा राखिएको छ ।भारत सरकारले उनको स्थिति स्थिर रहेको र उनीमाथि स्वास्थ्यकर्मीहरुले नजर राखेका बताएको छ।केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धनले कोरोना भाइरसबारे मन्त्रालयका वरिष्ठ अधिकारीहरुसँग बैठक गरेका छन् । यसअघि शनिबार केरालामा नै एक महिलामा कोरोना भाइरस देखिएको भारत सरकारले पुष्टि गरेको थियो । केन्द्रीय स्वास्थ्य मन्त्रालयका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ कि उनी पनि हप्ता दिन अघि चीनबाट फर्केकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here