यही आर्थिक बर्षमा ३ हजार निजामती कर्मचारीले अनिवार्य अबकास पाउँदै (सूचिसहित)

चालु आर्थिक वर्षमा झण्डै ३ हजार कर्मचारीहरुले अवकाश पाउने भएका छन् । सरकारी सेवामा कार्यरत कार्यालय सहायकदेखि विशिष्ट श्रेणीका कर्मचारी समेत गरी झण्डै तीन हजार कर्मचारीले अवकाश पाउने निजामति किताबखानाले जानकारी दिएको छ । विशिष्ठ श्रेणीमा कार्यरत प्रधाानमन्त्री कार्यालयका सचिव अनिल कुमार ठाकुरले अवकाश लिइसकेका छन् । २२ माघमा अवकाश पाउन लागेका गृह सचिव प्रेम कुमार राई विदामा बसिसकेका छन् । उनीसँगै एकै मितिमा सचिव बढुवा भएका अर्थसचिव राजन खनाल र नेपाल ट्रष्टका सचिव गजेन्द्रकुमार ठाकुर र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यले पनि २२ माघबाट अवकाश पाउनेछन् । यी चारै जना सचिव २०७१ माघ २२ मा सचिव बढुवा भएका हुन् । निजामती ःकितावखानाका अनुसार यो आर्थिक बर्ष शुरु भएको ६ महिना पूरा हुँदा ११ सचिवहरुले अवकाश पाइसकेका छन् । यस अघि विष्णु लम्साल, दीपेन्द्रनाथ शर्मा, अर्जुनकुमार कार्की, आनन्दराज रेग्मीले अवकाश पाइसकेका छन् । गत पुसमामात्रै विभिन्न पदका २ सय ३१ निजामति कर्मचारीले अवकाश पाउँदैछन् । माघमा २ सय २८ जनाले अवकाश पाउदैछन् भने फागुनमा २ सय ३ कर्मचारीले अवकाश पाउँदैछन् । चैतमा १ सय ९८ कर्मचारीले अवकाश पाउँदैछन् । वैशाखमा ३ सय ९, जेठमा २ सय ३१ र असारमा २ सय ७८ जना कर्मचारीले अवकाश पाउँदैछन् ।यो आर्थिक बर्षमा मात्र कुल २हजार ९३७ कर्मचारीले अनिवार्य अवकास पाउन लागेको निजामति कितावखानाले जनाएको छ ।

अवकास पाउने निजामति कर्मचारीको सूचि यहाँ हेर्नुहोस्

abakash suchi

LEAVE A REPLY