कालापानी अतिक्रमणबारे पहिलोपटक भारतलाई पत्राचार

बुधबार राष्ट्रिय सभागृहमा शुरु भएको नेकपाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी सीमा अतिक्रमणबारे नेपाल सरकारले पहिलोपटक भारत सरकारलाई पत्राचार गरेको जनाएका छन् ।
ओलीले कालापानीमा सीमा विवादबारे यसअघिका सरकारले पत्राचार नगरेको र वर्तमान सरकारले भारतलाई पत्र पठाएर सीमा अतिक्रमण सुल्झाउन औपचारिक पहलकदमी थालेको बताएका छन् ।
‘दसीप्रमाणहरुले लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो भएको देखाउँछ। त्यसका लागि हामीले पत्राचार गरेका छौं र यो विषय हामी संवादबाटै समाधान गर्नसक्छौं,’ ।
‘हामी पत्राचार पनि गरेका छौं र सोहिअनुसार अन्य पहलकदमी पनि गरेका छौं,’ उनले भने। ‘यो कुरा म संसदमा पनि सविस्तार बोल्नेछु।’
सीमा सुरक्षाका लागि थप ११४ सीमा चौकी स्थापना गरिएको र सयौं सीमास्तम्भ निर्माण तथा मर्मतसम्भार गरेको पनि प्रधानमन्त्रीले बताएका छन् ।

LEAVE A REPLY