वडाध्यक्ष र सदस्य मिलेर घुस

यसअघि गत २० भदौमा अख्तियारले महोत्तरीस्थित भँगाहा नगरपालिका–८ का वडाध्यक्ष मोहमद रफिक आलम र सदस्य कारी साहु तेलीसहित तीनविरुद्ध मुद्दा दायर गरेको थियो ।

आयोगका अनुसार वडासदस्य कारी साहु तेली र वडाध्यक्ष आलमले सेवाग्राहीसँग धर्मपुर सडक नाला तथा पिसिसी ढलानको कार्य सम्पन्न भएपछि एक लाख ६० हजार रूपैयाँ घुस लिएका थिए । अख्तियारले वडाध्यक्ष र सदस्यलाई जनही एक लाख ६० हजार रुपैयाँ बिगोसहित भ्रष्टाचार निवारण ऐनबमोजिम जरिवाना र कैद सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

LEAVE A REPLY