निःशुल्क सिफारिसमा दुई लाख घुस लिइयो

यसअघि गत २७ पुसमा आयोगले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरविरुद्ध दुई लाख रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उनले नियमानुसार उपलब्ध गराउनुपर्ने सिफारिसका लागि सेवाग्राहीसँग घुस मागेका थिए । सिफारिस उपलब्ध गराइदिएबापत सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा ३ पुसमा अख्तियारले उनलाई वडाक्षेत्रबाट पक्राउ गरेको थियो । उनीविरुद्ध दुई लाख नै बिगो कायम गरी आयोगले अदालतमा मुद्दा दायर गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here