‘अस्ट्रेलिया काण्ड’ मा पीडित भन्दै नेपालमा उजुरी

अस्ट्रेलियामा रहेकी एक नेपाली युवतीले ‘अस्ट्रेलिया काण्ड’ भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको अश्लील भिडियो क्लिपमा फेसबुकमा रहेको आफ्नो भिडियो जोडेर चरित्र हत्या गरेको भन्दै अस्ट्रेलियाबाटै बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा गरेकी छिन्।

सोमबारदेखि ‘अस्ट्रेलिया काण्ड : नेपाली युवतीको अश्लील भिडियो’ भन्दै सामाजिक सञ्जालमा पोर्न क्लिप सार्वजनिक गरिएको छ। सो क्लिप नेपालीको भने हैन। पोर्नहब नामक अश्लील भिडियो अपलोड गर्ने साइटमा रहेको भिडियोलाई नै नेपालीको भिडियो भन्दै फेसबुकका क्लोज ग्रुपहरुमा फैलाइएको हो।

उजुरीमा अश्लील भिडियोमा अनुहार देखिने गरी सानो क्लिप राखेको र सो भिडियो आफ्नो भन्दै सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरिएको उल्लेख भएको ब्युरो स्रोतले नेपाल लाइभलाई जानकारी दियो। पीडितले उजुरीमार्फत खुलाए अनुसार अश्लील भिडियोमा फेसबुकमा राखिएको आफ्नो भिडियोको सानो क्लिप राखिएको जानकारी दिँदै आफूलाई शंका लागेका व्यक्तिहरुको नाम समेत खुलाएकी छिन्।

LEAVE A REPLY