दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ आफैँ पक्राउ

गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङ्गे)विरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को कास्की जिल्ला कार्यसमितिको अध्यक्ष रहेका गुरुङलाई बैंकिङ्ग कसुरको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो । गत असोजमा सम्पन्‍न साग खेलमध्ये नेपाली फुटबल टिमका खेलाडीदेखि प्रशिक्षक, व्यवस्थापक सबै सोही होटेलमा बसेका थिए ।

“बाउन्स चेक हो, चेक लिएर बैंकमा जाँदा पैसा रहेनछ, मैले कुरिराखेँ, साह्रै नै भयो, ६ महिना हुन लागिसक्यो, २ लाखको चेक हो, ७/८ हजार अझ छुट्टै छ । फोन गर्दा २/३ पटकसम्म म आउँछु पनि भन्यो तर आएन, अहिले सम्पर्कमा पनि छैन,त्यसपछि उजुरी दिन बाध्य भएँ” उनले भने ।

यस्तै गुरुङविरुद्ध गएको आइतबार पोखरा क्रिएटिभ अवार्डका सञ्‍चालकले पनि हातपात गरेको भन्दै सीसीटिभी फुटेजसहित उजुरी दिएका थिए ।

LEAVE A REPLY