किन दिए अकस्मात राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले राजीनामा ?

राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले शुक्रबार राजीनामा दिएका छन् । उनी राष्ट्रपतिलाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिने गरी विज्ञ सल्लाहकारमा नियुक्त भएका थिए ।उनले भने, ‘मैले राजीनामा दिएको हुँ। केहीबेरपछि स्टेटमेन्ट निकालेर राजीनामा दिएको कारणबारे बताउँछु।’ प्याकुरेलले नेपाल कम्युनिष्ट पार्टीबाट सभामुख बन्न लागेका नेता अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा रिट हालेकाअग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए। मानवअधिकार क्षेत्रका क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो। उनी राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा दुई वर्ष र पछिल्लो कार्यकालमा दुई वर्ष सल्लाहकार थिए ।

LEAVE A REPLY