अग्नि सापकोटालाई झड्का,सर्वाेच्चमा सापकोटाविरुद्ध अर्काे रिट दायर

सभामुखका उम्मेद्धार बनेका अग्निप्रसाद सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा अर्काे रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरेका छन् । सापकोटाविरुद्ध यस अघि नै सर्वाेच्चमा मुद्धा विचराधिन छ । माओवादी युद्धको अन्तिम बर्षतिर काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरिएको थियो । यो घटना ०६२ साल १६ बैशाखमा भएको थियो । तिनै लामालाई तत्कालीन माओवादीले हत्या गरी जंगलको बीचमा गाडी दिएका थिए । अपहरणमा परेको दुई महिनापछि बूढाखानी गाविसको चारकिल्लामा उनको शव गाडेको अबस्थामा भेटिएको थियो । उनको हत्यामा तत्कालीन माओवादीका नेताहरु अग्निप्रसाद सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानको संलग्नता रहेको भन्दै लामाकि पत्नी पूर्णीमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिएकी थिईन् ।

द्धन्दकालमा अपहरण पछि हत्या गरिएका लामाको हत्यामा संग्लग्न भएको भन्दै सभामुखका उम्मेद्धार बनेका सापकोटाविरुद्धको मुद्धा अझैं पनि सर्वाेच्च अदलालतमा विचराधिन छ । सापकोटाविरुद्ध पूर्णिमा लामाले हालेको मुद्दा अझैं फैसला भइसकेको छैन् । तिनै व्यक्तिलाई अहिले सभामुखको उम्मेद्धार बनाइएको भन्दै मानवअधिकारवादीहरु आन्दोलित छन् । कानुन व्यवसायी त्रिपाठीले अर्काे रिट दायर गरेका छन् ।

Image result for dinesh tripathi

अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका हुन्

यस अघि ०६८ सालमा सुशील प्याकुरेलले सापकाटोविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका सथिए । उनले तत्कालीन प्रधानमन्त्री झलनाथ खनाललाईसमेत विपक्षी बनाइएको थियो । सर्वोच्च अदालतका न्यायाधीश रामकुमारप्रसाद साह र प्रकाश वस्तीको इजालसले सरकारका नाममा अन्तरिम आदेश दिएको थियो । प्याकुरेल त्यसबेला इन्सेकका अध्यक्ष थिए ।

LEAVE A REPLY