राष्ट्र बैंकमा पाँच दर्जन वरिष्ठ कर्मचारीको जिम्मेवारी हेरफेर

नेपाल राष्ट्र बैंकमा एकै पटक ठूलो संख्यामा कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । त्यहाँ उपनिर्देशक र साहायक निर्देशक पदमा कार्यरत ६२ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको राष्ट्र बैंकले जनाएको छ ।

जिम्मेवारी हेरफेर भएकामध्ये ४६ उपनिर्देशक र १५ जना सहायक निर्देशक रहेको छ । २७ जना उपनिर्देशकतर्फ पदस्थापन गरिएको छ भने बाँकी २० जनाको सरुवा भएको छ भने सहायक निर्देशकतर्फ सबै १५ जनाको पनि सरुवा भएको हो । बोर्डबाट निर्णय भएसँगै विभागले उनीहरुलाई तोकिएको कार्यक्षेत्रमा हाजिर हुन समय तोकेरै निर्देशन दिएको छ ।

LEAVE A REPLY