नेपाल वायुसेवा निगममा २५ पाइलटले दिए सामूहिक राजीनामा,अन्तराष्ट्रिय उडान ठप्प हुँदै

सरकारी लक्ष्य छ,यही आर्थिक बर्षमा २० लाख पर्यटक भित्राउने । त्यही अनुरुप भिजिट नेपाल २०२० शुरु भइसकेको छ । तर यही बेला सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (आरए)का २५ जना पाइलटले सामुहिक राजीनामा दिएका छन् । आरएमा कार्यरत ४० मध्ये दुईदर्जन पाइलटले सामुहिक राजीनामा दिएका हुन् । नेपाल वायुसेवा निगम स्थापना भएको ६ दशक पूरा भइसकेको छ । यो अवधिमा यतिधेरै धेरै पाइलटले एकैपल्ट सामुहिक राजीनामा दिएको यो पहिलो घटना हो । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले सामुहिक बुझाएका हुन् । ९० दिनको समयसीमा दिंदै उनीहरुले बिहीबार व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन् । व्यवस्थापनले नेपाली स्थायी कर्मचारीलाई काममा बढी लगाउने तर, विदेशीलाई कम काम लगाउने र सेवा सुविधा धेरै दिएको आरोप उनीहरुको गुनासो छ । ठूलो संख्यामा पाइलटहरुले सामुहिक राजीनामा दिएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । विदेशी पाइलटले प्रति महिना १५ लाख तलब पाउँछन् भने कर पनि व्यवस्थापनले तिरिदिएको छ । नेपालीले ५ लाख तलब मात्र पाउँछन् । यही विभेदका कारण देखाउँदै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् ।
यस्तो छ राजीनामा पत्र :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here