साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्मले कमायो १० दिनमा २२० करोड

गत जनवरी १२ मा रिलीज भएको फिल्म ‘अला वैकुंठापुरमलो’ ले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘अला वैकुंठापुरमलो’ ले १० दिनमा २२० करोड कलेक्शन गरेको छ ।

पहिलो दिनदेखि दशौं दिनसम्ममा फिल्मले बक्स अफिसमा शानदार कमाई गर्न सफल भएको छ । फिल्मले पहिलो दिन ११९ करोड कमाई गरेको थियो । यो कुल कमाई विश्वभरीको कलेक्शन हो । पहिलो दिन महेश बाबुको फिल्म ‘सरिलेरु निक्केवारु’ रिलीज भएको थियो जसले बक्सअफिसमा १० दिनमा २०० करोड कमाई गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here