प्रदेश १ मा नेकपाका तीनै जना उमेदवार विजयी

बिहीबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन् । उक्त निर्वाचनमा उम्मेदवारहरु इन्दिरा गौतम, देवेन्द्र दाहाल र गोपी अच्छामी, निर्वाचित भएका हुन् ।

अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार प्राप्त गरे । उनले कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार घिमिरेलाई पराजित गरेका हुन् । घिमिरेले २ हजार ७ सय ६६ मतभार प्राप्त गरे ।

यसैगरी समाजवादी पार्टीका उम्मेदवार भरतराज दाहालले २ सय ६४ मतभार प्राप्त गरे । नेकपा दाहाललाई हालिएको एक मत भने बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

महिलातर्फ विजयी नेकपाकी गौतमले ६ हजार ४ सय २६ मतभार प्राप्त गरिन् । कांग्रेसकी मीना पुलामी मगरले २ हजार ६ सय २२ मतभार प्राप्त गर्दा समाजवादी पार्टीकी कमला बडाहीले २ सय ६४ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दलिततर्फ विजयी बनेका नेकपाका गोपीबहादुर आछामीले ६ हजार ३ सय ३० मतभार पाए । कांग्रेसका नीरबहादुर विश्वकर्माले २ हजार ७ सय १८ र समाजवादी पार्टीका ज्ञानकुमार परियारले २ सय ६४ मतभार प्राप्त गरे । निर्वाचनमा प्रदेशसभा सदस्य नेकपाकी गुलेफुन मिया अनुपस्थित थिइन् । नेकपाकाबाट विजयी स्थानीय तहका एक प्रमुख निर्वाचनमा मत हाल्न आएनन् ।

निर्वाचनका लागि प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ रहेको थियो । प्रदेश १ मा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७४ गरी कुल ३६७ जना मतदाता थिए । प्रदेश र स्थानीय गरेर कुल मतभार भने ९ हजार ३ सय ९६ रहेको छ ।

अछामी पूर्व खेलकुद राज्यमन्त्री हुन् । नेकपाका मोरङ जिल्ला कमिटीका सह–इन्चार्ज पनि हुन् । गौतम प्रधानमन्त्रीका परराष्ट्र ममिला सल्लाहकार डा। राजन भट्टराईकी सासू हुन् । दाहाल तत्कालीन एमालेको झापा जिल्ला सचिव हुन् । उनी नेकपाका केन्द्रीय सदस्य पनि हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here