माग्ने बुढाले चिट काट्ने प्रहरीलाई अंकमाल गरे

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अभद्र व्यवहार गरेको बिषयमा गायिका आस्था राउतले भिडियो लाइभमार्फत प्रहरीको बिषयमा बोलेको शब्दको विभिन्न टिकाटिप्पणी भइरहेका बेला हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा)ले भने प्रहरीको ब्यवहारको प्रशंसा गरेका छन् ।

घिमिरेले आफुलाई सिट बेल्ट नलाएका कारण चिट काट्ने ट्राफिक प्रहरी जवानको मिठो बोली र ब्यवहारको प्रशंसा गरेका हुन् । बुधबार बिहान ग्वोर्कोस्थित घरबाट कामको सिलसिलामा बाहिर निस्किने बितिक्कै कारबाहीमा परेका उनी त्यसपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका थिए । महिला प्रहरी रमिता र गायिका आस्था राउतको प्रकरणले मिडिया तातेको बेला महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका ट्राफिक प्रहरी जवान सन्तोष चौधरी कलाकार भनेपछि केही सशंकित थिए ।

केदार घिमिरे सोमबार बिहान आफ्नो घर ग्वार्कोबाट बाहिर आउने क्रममा सडकमा कारबाहीमा परेका हुन् । सिट बेल्ट नबाँधी कार चलाएका माग्ने बुढालाई ड्युटीमा खटिएका यी ट्राफिक प्रहरी जवान सन्तोषले चिट काटेका थिए ।

ट्राफिक प्रहरी सन्तोषले निकै आदरपूवर्क आफ्नो लाइसेन्स मागेर ड्युटी पूरा गरेकामा खुसी लागेको र ब्लु बुक दिएको केदारले राजधानीलाई बताए । उनलाई पुनः भेटेर धन्यवाद दिन मन लागेका कारण भेटेको यी हास्य कलाकारले ट्राफिक प्रहरी महाशाखा भेटमा बताए ।

सोमबार आफूलाई चिट काटे पनि बुधबार मात्र फुर्सद भएकाले जरिमाना तिर्न र ती प्रहरीलाई भेट्न ट्राफिक प्रहरी महाशाखा आइपुगेको केदारले राजधानीलाई जानकारी गराए । उनी त्यहाँ आइपुग्दा ३ बजिसकेकाले बैंक बन्द थियो । पैसा बुझाउन भ्याएनन् । भोलि समयमै आएर पैसा बुझाएर ब्लु बुक लिने केदारले  बताए ।

सो क्रममा कलाकार केदारले महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाललाई पनि भेटे । सो भेटमा उनले ढकालसँग ट्राफिक प्रहरी जवानको पनि खुलेर प्रशँसा गरे । केदारकै आग्रहमा एसएसपी ढकालले सन्तोषलाई आफ्नो कायालयमा बोलाएका हुन् । हास्य कलाकार केदार घिमिरेले यसरी आफूहरूलाई भेटेर आफ्नो गल्ती महसुस गर्दै प्रहरीलाई धन्यबाद ज्ञापन गरेकोमा खुसी लागेको एसएसपी ढकालले सो क्रममा सञ्चारकर्मीलाई बताए ।

यता आफूले सिल्ट बेल्ट बाँध्न बिर्सेर गल्ती गरेको केदारले सञ्चारकर्मीसँग स्वीकारे । सबै प्रहरी खराब हुँदैनन्, सन्तोषले निकै विनम्र व्यवहार गरेको यी कलाकारले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here