“प्रचण्ड- बाबुराम मात्र होइन देउवा- ओली कोही उम्कने अवस्था छैन्”

प्राध्यापक डा. विष्णु पाठक
द्वन्द्वविश्लेषक, पूर्वसदस्य, बेपत्ता छानबिन आयोग

२०२२ सालमा ताप्लेजुङमा आठौं सन्तानको रूपमा जन्मिएका हुन् विष्णु पाठक । ०३५ सालको जनमतसंग्रह हुँदा बहुदलवादी भएको आरोपमा दुई दिन जेल बसे । पछि नाबालक भनेर निकालिए । त्यही आरोपमा आठ कक्षा पढ्दै गर्दा जिल्लाको दबाबमा स्कुलबाट रेस्टिकेट भए । त्यहाँ टिक्न नसकेर झापा बिर्तामोड झरे सपरिवार । कलेज पढ्दै गर्दा आरके मैनालीहरूको संगतमा पुगे । नाताले आरके मैनाली भिनाजु । आरकेकै आग्रहमा केपी ओलीको सहयोगी भएर तीन वर्ष काम गरे । उनीसँगै पाटन एउटै कोठामा बस्थे । गृहमन्त्री बन्नासाथ केपीले उनीभन्दा माथि रहनेगरी रमेश चित्रकारलाई रोजेपछि विष्णु बाहिरिए र इख लिएर पढ्न थाले । त्यही इखले द्वन्द्व व्यवस्थापन तथा मानवअधिकार विषयमा विद्यावारिधि गरे । १२९ वटा रिसर्च आर्टिकल प्रकाशित छन् । यी लेखको विश्वका विभिन्न विश्वविद्यालयमा पढाइ हुन्छ । द्वन्द्व तथा शान्तिको जीवनचक्र भन्ने उनको लेख सन ०१३ देखि हालसम्म हरेक वर्ष नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा पर्दै आएको छ । यस बीचमा उनी बेपत्ता छानबिन आयोगको सदस्यका रूपमा उल्लेख्य काम गरे । त्यहाँ रहेर उनकै नेतृत्वमा बयान तयारी समिति बनेलगत्तै आयोगका सबै पदाधिकारीलाई हटाइयो । यसपटक आवेदन दिएका थिए तर छनोटमा परेनन् । अहिले भन्दैछन् :’ मेरा आँशुले यिनलाई पोल्नेछ ।’


० ९ महिना लामो रस्साकस्सीपछि सत्यनिरूपण र बेपत्ता आयोगले पूर्णता पाएको छ । यसलाई कसरी लिनुभएको छ ?
– ओमप्रकाश मिश्रको नेतृत्वको टिमबाट गाइडलाइनसहित निवेदन मागियो । भनियो, ०७५ चैत्र १२ भित्रबाट टुंग्याउने । तीन हप्ता, तीन महिना हुँदै बल्ल १० महिना लगाएर १८औं बैठकले नाम सिफारिस गरेको छ । पदाधिकारी पनि सोचेभन्दा भिन्न पात्र आएका छन् । १० जना जो पर्नुभयो उहाँहरू विशेषज्ञ हुनुहुन्छ होला । उहाँहरूको सामाजिक क्षमता, संक्रमणकालीन न्यायको अध्ययन के हो ? थाहा छैन । ऐनमा कानुन, द्वन्द्व व्यवस्थापन र मानवअधिकार क्षेत्रको र समाजशास्त्री भनिएको छ । तर कानुनका मान्छे मात्र लगिएको छ । हिजो लोकेन्द्र मल्लिक बेपत्ताकै हकहितमा लामो समयदेखि काम गरेको व्यक्ति, बिजुल विश्वकर्मा दलित आयोगकै प्रमुखबाट त्यहाँ लगिएको, द्वन्द्व व्यवस्थापन र मानवअधिकारमा विद्यावारिधि गरेको म । हामी तीन जना ल ब्याकराउण्डका थियौं । पेशागत हिसाबले भन्नुहुन्छ भने उत्खननको काम गर्नुपर्ने हुन्छ । मेरै नेतृत्वमा त्यो काम हुँदैथ्यौं । प्राडा हरिहर वस्तीलाई राखेर टिम बनाइएको थियो । १७५ वटा प्रश्न बनाएर माथिका नेताबाट बयान लिनेकि तलबाट काम थाल्ने भनेर गृहकार्य चल्दै थयो । ९४ देशको संक्रमणकालीन न्यायलाई व्याख्या गर्दा सबै ठाउँमा त्रुटि देखियो । त्यो त्रुटिभन्दा भिन्न रिसर्च मेथडोलोजी अपनाएर ६४ जिल्लामा काम सम्पन्न भइसकेको थियो । झण्डै २५ सय वटा फाइल तयार थिए । एउटै फाइल ५० देखि ३ सय पृष्ठको । नयाँ आयुक्तले राम्ररी ती फाइल अध्ययन गर्नुभयो भने ३ वर्षभन्दा बढी लाग्छ ।
० नवनियुक्त आयुक्तहरूबाट द्वन्द्वपीडितले न्याय पाउँछन् भन्नेमा आशावादी हुनुुहुन्न ?
– मास्टर भएका नाताले भन्दै छु, उहाँहरूको ब्याकग्राउण्ड हिजोको जति बलियो भएन । दोस्रो, उहाँहरूलाई हामीले जम्मा पारेको डकुमेन्ट अध्ययन वर्षांै लाग्छ । हिजो १० मध्ये एक जना विशेषज्ञ भनेर मेरो नियुक्ति भएको थियो । अहिले विशेषज्ञको कुरा आएन, पार्टीको भागबण्डाकै आधारमा मात्र नियुक्त भए ।
० तपाईंंकै नेतृत्वमा बयान तयारी समिति बनेलगत्तै आयोग विघटन प्रक्रियामा अघि बढ्यो । किन ?
– पुस १० मा बयान तयारी बन्यो । ११ दिनपछि ऐन नै परिवर्तन गर्ने काम अघि बढ्यो । यसको मतलव हामीलाई पनि आयोगले बयानका लागि बोलाउने भयो भन्ने त्रास उहाँहरूमा पर्न गयो । द्वन्द्वसँग सरोकार राख्ने पक्ष सदैव सत्ताकै वरपर भए । पीडितहरूले पीडक भनेर उहाँहरूको नामै किटान गरी उजुरी गरेका कारण एकप्रकारको त्रासले डेरा जमाएको हुनसक्छ । कम्तीमा २ हजारभन्दा बढी नेता यसमा मुछिएका थिए ।
० यसलाई कसरी हेर्ने ?
– न्यायलाई तीन वटा पाटोबाट हेरौं, न्याय सेवा, पेशा हो वा पेवा ? न्यायलाई पेवा बनाएकाहरू, जो सत्तासँग नजिक छन् उनीहरूलाई आयोगले हामीलाई बयानका लागि बोलाउनेबित्तिकै हाम्रो मोरल डाउन हुन्छ । सर्वसाधारण र देश÷विदेशमा नकारात्मक सन्देश जान्छ । नेम एण्ड फेम बदनाम हुन्छ भन्ने डर भएरै हामीलाई बिदावारी गरिएको होला ।
० आयोगका लागि तपाईंले पनि आवेदन दिनुभएको थियो । कस्तो महसुस गरिरहनुभएको छ ?
– स्वाभाविक रूपमा आफ्नो लक्ष्य पूरा नभई बीचमै छाड्नुपर्दा दुःख लाग्छ । ६४ जिल्लामा पीडित तथा साक्षीबाट सूचना संकलन गरी बयान लिने तयारीमा रहँदा बाहिरिनुप¥यो । ७५ प्रतिशतभन्दा बढी काम सकिइसकेको अवस्था थियो । आरोपितसँग बयान लिन सहज थियो । पीडित पो कुना–कुनामा छन् । पीडक भनिएका वा आरोपितहरू त शहरमै छन् । भीमसेन थापाकी श्रीमतीले सती जाने समयमा भन्नुभएको थियो रे, ‘यो देशमा जसले भलो गर्छ त्यसको भलो नहोस् ।’संक्रमणकालीन न्यायको कुरा गर्नुहुन्छ भने म विश्वका २÷३ जनाभित्र पर्छु । आठ दश वटा जर्नल अहिले पनि विश्वभर पढाइ भइरहेका छन् । म आफू नेपालमा नअटाएको देख्दा र काम नसकी बाहिरिनुपर्दा साह्रै दुःख लागेको छ ।
० छनोटमा नपारिएपछि मेरो आँशुको श्राप लाग्छ भन्दै हिँड्नुभयो रे भन्ने सुनियो । के हो खास कुरा ?
– कसैको कार्यकर्ता नहुनुको पीडा मैले भोगेको छु । न म देश छाड्न सक्छु । न कलम । सत्यवादी भएका नाताले भन्दै छु, पीडितको मात्र होइन हामीजस्ता निर्दाेष÷निमुखाको आँशु पनि लाग्छ होला । शक्तिमा बस्ने महात्मा गान्धीको सन्तान फैलिएन किन ? उहाँले पाकिस्तानसम्म टुटाउनुभयो । मुसलमानलाई केही हुनेबित्तिकै अनशन बसिहाल्नुहुन्थ्यो । ४ लाख हिन्दू मर्दा केही गर्नु भएन । आँशु नलागोस् बेग्लै कुरा, हामीजस्ता निर्दाेष मान्छेलाई प्रयोग गरेर अलपत्र छाडियो । एक्सपर्टिजलाई प्रयोग गर्न दिइएन । अब मसँग दुईवटा विकल्प छन् । विप्लवसँग जाने कि कलम चलाएर नेपालको नाम संसारभर फैलाउने ।
० राजनीतिक दल र मानवअधिकार आयोगबीचको संघर्षलाई कसरी लिने ?
– भदौ ५ गते राष्ट्रिय मानवअधिकार आयोगले प्रकाश वस्तीलाई सिफारिस समितिबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । वस्तीले त्यो पत्र गोजीमा हाल्नुभयो । त्यसपछि कसको आधारमा बार्गेनिङ गर्नुभयो उहाँलाई नै सोधौं । पुराना हुँदै हुँदैनन्, नयाँ मात्र हुन्छन् भनेर अडान लिनुभयो । कसको इशारामा यस्तो गर्नुभयो ? भविष्यमा कसले के बनाइदिन्छु भनेर ललिपप खुवाएको छ ? अनुपराज शर्माजत्तिको अध्यक्षले त्यति धेरैपटक बोल्नुभएको छ । चरण प्रसार्इंहरू पटक/पटक कराउनुभएको छ । सिफारिस समितिका लागि अवैध भइसकेको मान्छेले वैधध काम गर्न पाइन्छ कि पाइँदैन ? भोलि कोर्टमा उजुरी परेको खण्डमा कसरी डिफेन्स गर्नुहुन्छ ? माननीय अनुपराज शर्माले बोलेको कटिङ मात्र लगे पनि पुग्छ । हिजो एउटा पार्टीले न्यायाधीश बनायो । अर्काे पार्टीले मानवअधिकार आयोगको सदस्य बनायो फेरि अर्काे पार्टीले ललिपप खुवाएर अनैतिक र अवैध काम गर्नुभयो । म भन्छु– हामीजस्ता मान्छेको आँशु तपाईंहरूलाई नलागोस् ।
० पीडितहरूले ऐन संशोधन गरेर मात्र नाम सिफारिस गर्ने आवाज उठाइरहेको अवस्था थियो । पीडितहरूको आवाजको सुनुवाइ पनि भएन ?
– न त मानवअधिकारवादीको आवाज नै ! कसैको गोजीबाट टिपेर ल्याइएका माननीयहरूले द्वन्द्वपीडितलाई न्याय देलान् त ?
० आयोगमा रहँदा के–के उल्लेख्य काम गर्नुभयो ?
आठ महिनासम्म बस्ने कुर्सी थिएन । १३ महिनापछि मात्र नियम बन्यो । त्यसको भोलिपल्टै ७५ जिल्लाका स्थानीय शान्ति समितिबाट सूचना संकलन ग¥यौं । ३२१२ उजुरी संकलन गरेर क्राइटेरिया हे¥यौं । सात सय उजुरी घट्यो । प्रत्येक पीडितको फाइल बनायौं । गृह मन्त्रालयको ६०२ को रेकर्ड, इन्सेक, राष्ट्रिय मानवअधिकार आयोग, शान्ति मन्त्रालय, आइसिआरसीलगायत सबैतिर तथ्यांक भिडाएर विस्तृत अनुसन्धान ग¥यौं । अहिले २५०६ को संख्यामा झरेको छ । ६४ जिल्लाको काम सम्पन्न भएको छ । मेरै नेतृत्वमा उत्खनन कमिटी बन्यो । ५ सय वटा प्वाइन्ट पहिचान गरेका थियौं । परिपूरणका काम लगभग सकेको छ । पीडकसँग बयान लिने तयारी हुँदै गर्दा हामीलाई हटाइयो । अहिलेसम्म काम गर्न दिइएको भए सबै सकिन्थ्यो ।
० नेपालमा तारन्तार चलिरहने बहस हो प्रचण्ड वा बाबुरामलाई हेग लैजाने वा पक्राउ गर्ने । यो कत्तिको सम्भव छ ?
– अन्तर्राष्ट्रिय फौजदारी न्यायालय आकर्षित हुने ५ वटा क्षेत्र छन् । पहिलो कुरा रोम विधानको पक्ष राष्ट्र हुनुपर्छ । ०६३ साउन ०९ मा संसद्ले रोम विधान पारित गर्न सरकारलाई निर्देशन दिएको छ तर पारित भएको छैन । नेपल रोमविधान पक्षधर राष्ट्र होइन । दोस्रो, रोम विधानका पक्षराष्ट्र नभएका देशले अदालतको क्षेत्राधिकार स्विकारेमा, तेस्रो संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले अदालतको अभियोजकलाई अनुसन्धानका लागि सिफारिस गरेमा । नेपालको हकमा पीडित वा पीडितका प्रतिनिधिले अन्तर्राष्ट्रिय अदालतमा प्रमाणसहित उजुरी दिएमा त्यो बेला आकर्षित हुन सक्छ । हिजोका दिनमा अनमिन आएर सेना प्रमाणित गरेको छ । ओएचसिआरले तथ्यांक जम्मा गरेको छ । सुरक्षा परिषद्मा एक जना बहिनीलाई लगेर बयान लिएको छ । अहिलेका आयोगहरूले काम नसकेसम्म अन्तर्राष्ट्रिय अदालत आकर्षित हुने छैन । भोलि अन्तर्राष्ट्रिय समुदायलाई यी आयोगले पीडितलाई न्याय दिन सक्दैनन् भन्ने लाग्यो भने त्यसबेला हेग आकर्षित हुन सक्छ । नेपालमा अन्तर्राष्ट्रिय फौजदारी न्यायालय बस्नु भनेको तिब्बत टुक्र्याउने खेल हुन सक्छ । हिजोका दिनमा अनमिन र ओएचसिआर बसेको समयमा सधैँ तिब्बतविरुद्ध नारा–जुलुस हुन्थ्यो ।

यसमा ‘लहरो तान्दा पहरो जान्छ’ । विद्रोहीभन्दा राज्यलाई गाह्रो छ । मानवअधिकार इन्स्योर गर्नु विद्रोहीको होइन, राज्यको दायित्व हो । त्यतिखेर ६४ प्रतिशत गैरन्यायिक हत्या राज्यले गरेको थियो । ८० प्रतिशत बेपत्ता पारेको राज्यले नै हो । यसतर्फ कसैको ध्यान गएको छैन । तर, अहिले पनि केही नेतालाई मात्रै संक्रमणकालीन न्यायको ‘तरबार’ देखाएर भ्रम सिर्जना गर्नु राम्रो होइन । यहाँ कोही बच्ने अवस्था छैन । घरेलु समस्या समाधान गर्नु बुद्धिमत्तापूर्ण हो । तर, जसरी आयोगमा नयाँ नियुक्ति दिइयो त्यो समावेशी छैन । संक्रमणकालीन न्याय बुझेका पनि कोही छैनन् । राजनीतिक व्यक्तिलाई लगियो । सिभिल सोसाइटी र मानवअधिकारवादीले नियुक्तिको विरोध गरिरहेको अवस्था छ । त्यही कारण छिट्टै अन्तर्राष्ट्रिय न्यायालय आकर्षित हुने सम्भावना छ ।

Image may contain: 1 person
० नेपालमा फेरि द्वन्द्वको अवस्था देखिन्छ ?
मकै पर्वबाट आउने हो भने हरेक १० वर्षमा राजनीतिक उथलपुथल भएको इतिहास छ । ०९६ साल हुँदै ००७ साल, ०१७ साल, ०२८ साल, ०३६, ०४६, माओवादी आन्दोलन उत्कर्षमा पुगेका ०५७–५० साल, संविधान निर्माण र शान्तिप्रक्रियाको ठूलो माहोल बनेको अवस्था थियो । अहिले स्टेबल गभर्मेन्ट छ । ०७७ सालमा धेरै उथलपुथल हुने देखेको छु ।
० कुनै समय केपी ओलीसँगै काम पनि गर्नुभएको थियो होइन ? अहिले सम्बन्ध कस्तो छ ?
– अहिलेका प्रधानमन्त्री केपी ओलीसँग हाम्रो घरायसी सम्बन्ध छ । नाताले दाजु, भेट्दा जहिले पनि हातमा ढोग्छौं । म राधाकृष्ण मैनालीसँग बस्थें । त्यतिबेला पार्टीले खटाएको उहाँको पिए । नाताले भिनाजु । राधाकृष्णले केपीलाई पनि सहयोग गर है भन्नुभएको थियो । दिउँसो उहाँलाई सहयोग गर्थें । उहाँसँग यातायातको साधन थिएन । जहाँ जान परे पनि मैले लिएर जान्थेँ स्कुटीमा पछाडि राखेर । पहिला उहाँ पाटनभित्र बस्नुहुन्थ्यो दुईवटा कोठा लिएर । गृहमन्त्री बनेको दिन मलाई भन्नुभयो– ए विष्णु, मेरो जुत्ता टल्काइदे, कपडामा आइरन लगाइदिएँ । टल्काइदिएँ । उहाँलाई स्कुटरमा बोकेर हामी दरबारतिर निस्कियौं । बीचमै प्रहरीले एस्कर्टिङ गरेर शपथग्रहण भयो । २३ दिन उहाँको पिए भएर मन्त्री क्वार्टरमा बसेँँ । उहाँलाई मभन्दा माथि ससुराली चाहियो । रमेश चित्रकारलाई भिœयाइएपछि तलबै नलिई काम छाडिदिएँ । तीन वर्ष पुगनपुग सहयोग गरें र त्यही दिनदेखि राजनीतिबाट टाढा रहें । उहाँले विष्णुले मेरो जुत्ता पोलिस गरिदिन्थ्यो भन्ने भुलिसक्नुभयो होला ।
० तीन वर्ष सँगै रहँदा उहाँको आनीबानी कस्तो पाउनुभयो ?
– ब्लड प्रेसर भएको मान्छेले जसरी रियाक्ट गर्छ जेमा पनि त्यसैगरी रियाक्ट गर्ने । अत्यन्त महत्वाकांक्षी । हामी स्कुटरमा जाँदै थियौं, हाम्रो अघि इसिजु गाडीले धुलो उडाउँँदै दौडिरहेको थियो । उहाँले विष्णु, त्यस्तै गाडी चढ्न पाए कस्तो होला भन्नुभयो । कतिपय अवस्थामा माक्र्सवादीको मालेसँग मिलन हुँदा राधाकृष्ण मैनाली बसेको घरमा मिलन हुन्थ्यो । त्यस्तो मिटिङमा निश्चित मान्छेले मात्र खाजा पानी लिएर जान पाउने म मात्र थिएँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here