कारवाही गर्न महासंघको माग

अज्ञात समूहले मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाअन्र्तगत आइतबारेमा तीनवटा एस्क्साभेटरमा आगजनी गर्दा नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

किसानचोक–रमिते–आइतबारे–टाँडी सडकखण्ड निर्माणमा प्रयोग भइरहेको शर्मा–भिमेश्वर जेभी कम्पनीको एक्साभेटरमा आगजनी गरिएको महासंघद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गर्दै सो आगजानीमा ३ करोड ५० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको महासंघले जनाएको छ । त्यस्तै झापा जिल्लाको सेतुमारीमा पनि अज्ञात समूहले शर्मा एण्ड कम्पनीको स्वामित्वमा रहेको एउटा एस्काभेटर र ब्याक्हो लोडरमा आगजनी गरेको महासंघले जनाएको छ । आगलागीका कारण बा ३ क ३४४ नम्बरको पूर्ण नष्ट भएको छ भने बा २ क ९४४५ नम्बरको ब्याकहो लोडरमा पनि आंशिक क्षति पुगेको महासंघले जनाएको छ ।

आगजनीका घटनाको आवश्यक छानविन गर्दै दोषीलाई कडा कारवाही गरी नोक्सानीको नेपाल सरकारबाट उचित क्षतिपूतिको व्यवस्था मिलाइदिन महासंघले अनुरोध गरेको छ ।

LEAVE A REPLY