प्यार कि ब्यापार ?

सुजन बुढाथोकि
रतुवामाइ ८, मोरङ्ग

म एउटा बेरोजगार गरिब
साहारा नभएको अनाथ दलित
अनि दिनरात
सडक किनारमा हिड्ने बन्जारा ।

मैले कहिले पनि कसैको माया पाएको थिइन्
जब मैले कसैलाई चोखो माया गरे
जब मैले जिवनमा
कसैलाइ अन्तर मनबाट नै
पबित्र प्यार गरेको थिए
पहिलो पटक
प्रेम गरेको थिए
मैले मन पराएको थिए
उनलार्इ एउटा इमान्दार मान्छे सम्झिएर
मैले उनलार्इ चोखो प्यार गरेको थिए।

उनले पनि मेरो हसिलो मुहार देखेर
उनले पनि मलार्इ मन पराइन
र माया गरिन
म सोचिरहन्थे
हाम्रो यो प्रेम
जिन्दगिभर
अमर
रहनेछ
निरन्तर
म सोचिरहन्थे ।

म दिनहु सुन्दर सफा र बढो हिस्टपुस्ट हुदैथे
उनको त्यो साथ, माया प्रेम पाएर होला सायद

उनि सधै आइरहन्थिन
र मेरो साघुरो कोठामा
हामी निक्कै बेरसम्म बात मारिरहन्थौ
एक अर्काका हातहरु समाएर
हामिले बाचा कसम खाएका थियौ कि
सगै बाच्ने सङ्गै मर्ने
राधा कृष्णको जस्तो जोडि
हाम्रो बाल्यकालको प्रेम
आगाडि बढिरहेथ्यो
यसरी नै चलिरहेथ्यो एकनाश
मैले उनलार्इ बिस्वास गरेको थिए ।

लामो समयको अन्तरालमा
अफसोच,एकदिन
उनले मलाइ रेस्टुडेण्टमा लगेर
पेटभरी बडो मज्जाले मिठाई खुवाइन
अनि मेरो प्याकेट छामिन
र चौकिदारको हातहरुबाट मलाइ गोदाइ खुवाइन
अनि अन्तिममा होटलको भाडा मजाइन
मलाइ खाते गरिब भनेर बहिस्कार गर्दिन
र मलाइ होटलमै तिरस्कार गरेर
आफू कसैको अग्लो दरवारतिर लागिन।

जिन्दगिभर म बेसाहारा भएर
पुन फुटपाट र सडक किनारमा फर्किए
र धुलो धुवा रोग भोक प्यासहरुसङ्गै गुज्रीरहे
म र त्यही अतित र पुर्ववतमै कुजिरहे
मलार्इ उनका यादहरुले
मलार्इ बिगतका यादगार पलहरुले सताइरहन्थे
र म केवल तिनिहरुलार्इ भुल्नलार्इ
दिनभरी रातभरी
पागल झै बाटोहरुमा हिडिरहन्थे
हिडिरहन्थे
मैले कैले पनि सोचेको थिइन कि
उनले मलाइ गरिव भनेर छाडी जानेछिन
र म हरेकदिन उ नले दिएका ती धोकाहरुमा
जिन्दगि कटाइरहनेछु ।

मेरो सोह्र बर्षे जवानीमा फक्रक्क फुलेको
फुल जस्तो त्यो सुन्दर अनुहार
बिस्तारै औलिएर कक्रक्क भयो ।
मेरो अर्धबैस सम्म पनि
एउटा प्रेम पनि सफल भएन
र मेरो बिवाह कैले पनि भएन।

रहर हो
एकदिन म फुटपाथमा गुजारा गरेका
सडकमा बनिगरा भएर कमाएका
सारा पैसाहरु लिएर
मेरा खाते साथिहरुको सल्लाह अनुसार
म बसपार्कको किनारमा फर्किएर
गए
र मैले बेस्याहरुको मोल सोधे
सुरुमा त,
मेरो उमेर नपुगी औइलाएको फोहोर अनुहार देखेर
सितलहरमा कठ्याङ्रीएको अधरलाइ देखेर
थुरथुर कापिरहेका मेरा नाङ्गा अङ्ग अङ्गहरुलाइ देखेर
मेरो दुख र दरिद्रतालाइ देखेर
सर्वप्रथम त
उसले
मेरो शिर देखि पुच्छर सम्म हेरि
मेरो पाउदेखि उपर सम्म हेरि
र लज्जित हुँदै उ हासी
अनि उपहास गर्दै भनी कि
जाउ तिमी सक्दैनौ।

मैले अन्तिम पटक धुलो धुवाले फोहोर भएको
मेरो अनुहारलाई पानीले धोएर चिटिक्क बनाए
र फुटपाटमा नँया कपडाहरु किनेर लगाए
र राम्रो भएर त्यही केटि भए ठाउँ सम्म गए ।

उसले मलार्इ यसरी हेरि कि
मानौ कि
म काठमाण्डौ शहरको कुनै करोडपती हुँ
या,रोडमा बैमानका चिल्ला कारहरु देखेर
जसरी लाचारहरु भगवान भन्दै
नमस्कार गर्दै हिडिरहन्छन
या, जसरी कि एउटा रुपवान सुन्दरी देखेपछी
उसलार्इ असङख्य नौजवानहरुबाट प्रेम प्रस्ताब आइरहन्छ
या, मानौ कि जसरी कि राम्रो अनुहार भएको युवक देखेपछि
या एउटा पुजिपति
चाहे त्यो तालुखुइले नै किन होस
हजार युवतिहरुबाट बिवाहको प्रस्ताब आउँछ

खैर
उसले मलार्इ चिनिन
र मलार्इ so nice man,
अनि So hency young man भनी
र उस्ले मलाइ असाध्यै मन पराइ ।

साच्ची १
म सुन्दर भएको थिए
उपरबालाले दिएको खप्पर हो
भगवानले दिएको निधार हो
यो अनुहार
साच्ची हो म अति सुन्दर थिए
उ भन्दा पनि
कलिलो
हसिलो
र कम उमेरको थिए
मैले उस्लाइ बजार भाउ सोधे
उसले हे १ हिड्नुन मिलाउला भनी

जब हामी बसपार्कको गेस्ट हाउसमा गयौ
रहर हो
र रहर थियो
जब हामी रेस्टुडेन्टमा गयौ
जब हामी एउटा ठूलो घरमा गयौ
त्यहाको रेण्ट अति महङ्गो रहेछ
ठिकै छ
रहर हो
मैले पैसा तिर्दिए
उस्ले मलाइ मम चाउमिन बर्गर
र बियर खानलाइ
निरन्तर कर गरिरही
ठिकै छ
रहर हो
मैले पैसा तिर्नलाइ
एस्सो प्याकेट छामि हेरे
तर
मेरो प्याकेट
मानौ भात खान नपाएर आहा मुख बनाएर
बसिरहेको कसैको भोको पेट झै
रित्तो रित्तो र नाङ्गो थियो
म सङ्ग धनको नाममा एक पैसा नोट पनि थिएन
मेरो मनले आन्जान खै के सम्झियो
सम्झियो
डरले मेरा अधर हातखुट्टा र ओठहरु कापिरहेको थियो ।

आफ्ना नजरहरु अन्यत्रै घुमाएर
उ अचानक त्यहाबाट मलाइ बहिस्कार गरेर
बाहिर निस्की
मलाइ तिरस्कार गरेर
र एउटा अपरिचित अग्लो दरवारको कोठामा पसि
सायद,
त्यसदिन देहब्यहपार गरेर
धेरै धन कमाउनु थियो
उसलाइ
र त मलाइ बहिस्कार गरेर
रिसाएर आफू अर्कै सन्सारमा गहि
म देखिरहेथे
झ्यालढोकाका पारदर्शी सिसाहरुबाट
उ अर्कै
एउटा अपरिचित दरवारमा पसेर
अरुसङ्गै हासिरहिथि
र म भित्र बसेर
लगातार भाडाहरु माझिरहेथे
माझिरहे र माझिरहे
तर
भाडा माझ्दा
मेरो यो मन अलिकती पनि बिलचित भएन।

भाडा माझदा, मैले बरु
बारम्बार एकसाथ त्यो गद्दार अनुहारलाई सम्झिरहेको थिए
जस्ले मलाइ बिगतमा यस्तै ब्यवहार गरेर गएको थियो
तर, जस्लाइ मैले अन्तर हृदयबाट प्यार गरेको थिए।

LEAVE A REPLY