डोजरको ठक्करबाट पैदलयात्रीको मृत्यु

डोजरको ठक्करबाट दाङको शान्तिनगर गाउँपालिका वडा नं. १ निवासी ६६ वर्षीय बोधिलाल थापाको मृत्यु भएको छ ।
बुधबार बेलुका ८ बजेतिर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ६१५ नम्बरको डोजरले पैदल हिँडिरहेका थापालाई ठक्कर दिएको थियो।घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। चालक नोखिराम बुढाथोकी र डोजर प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

LEAVE A REPLY