मृत्यु भएर घाटमा जलाउन लगेकी महिलाको शव प्रहरीको नियन्त्रणमा

मोरङमा बिहीबार विहान मृत्यु भएर घाटमा जलाउन लगेकी महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । साहको माइती पक्षको उजुरीका आधारमा प्रहरीले शव नियन्‍त्रणमा लिएको जनाएको छ । महिलाको घाँटीमा चोट देखिएको छ ।
विराटनगर ८ संघिया घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा स्थानीय २८ वर्षकी प्रेमदेवी साहको शव प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको जानकारी दिए ।

LEAVE A REPLY