विमानस्थलमा प्रहरीले गरेको ‘दुर्व्यवहार’बारे छानविन गरिने

गायिका आस्था राउतमाथी महिला प्रहरीले असभ्य व्यवहार गरेको भन्दै भिडिओ सार्वजनिक गरेपछि प्रहरीले छानबिन गर्ने निर्णय गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी कार्यालय, काठमाडौंलाई यसबारे छानबिन गर्न निर्देशन दिइसकेका छन्।
‘छानबिनको निम्ति हामीले सम्बन्धित प्रहरी कार्यालयलाई भनेका छौं,’ उनले भने, ‘एयरपोर्ट महानगरीय प्रहरी कार्यालयको मातहतमा पर्ने भएकोले त्यहाँ भनेका छौं।’बुधबार सिक्किम जाँदै गरेकी गायिका राउतले त्रिभुवन विमानस्थलमा खटिएकी महिला प्रहरीले आफूलाई असभ्य व्यवहार गरेको भन्दै भिडिओमा आक्रोश पोखेकी थिइन्।

LEAVE A REPLY